Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात

टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात


काठमाडौं, चैत ६
काठमाडौंको बालुवाटारमा अवस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले औपचारिक रुपमा आफ्नो सेवा संचालनको सुरुवात गरेको छ । क्लिनिकले सेवा शुरुवातको अवसर पारेर विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था समेत गरेको जनाएको छ । क्लिनिकको औपचारिक सुरुवात बुधबारबाट भएको हो । यस क्लिनिकको स्थापना स्वास्थ्य सेवा सम्बन्धी अनुभवी समुहले सन् २०१९ मा गरेको थियो । क्लिनीक आधुनिक सुविधाहरुले सम्पन्न ७ हजार वर्ग फुटको कूल क्षेत्रमा फैलिनुको साथै अत्याधुनिक चिकित्सा उपकरणहरुले सुसज्जित रहेको बताईएको छ । टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टताको लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले सबैभन्दा उन्नत र उच्चस्तरिय प्रविधिको सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यस क्लिनिकले रेडियोलोजी सम्वन्धि सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ । यस क्लिनीकले बहिरङ्ग सेवाका साथै विशिष्ट सेवाहरु दिदै आइरहेको छ । यस क्लिनीकले रोकथामपूर्ण स्वास्थ्य सेवामा प्रमुख ध्यान दिनुको साथै सहुलियत दरमा विभिन्न स्वास्थ्य स्क्रीनीङ्गको प्याकेजहरु प्रदान गर्दै आइरहेको छ । यस क्लिनीकसंग नेपालको एकमात्र फार्मेसी रहेको छ । बिरामी केन्द्रित सेवा प्रदान गर्ने मिसन अनुसरण गर्दै, फार्मेसीले औषधि र औषधि अभ्यासको सम्बन्धमा परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । क्लिनिक खुल्ने अवधिभित्र रेडियोलोजी र इमेजिंग परामर्शदाता डाक्टरहरु उपलब्ध हुने बताईएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया