Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाले पर्यटकिय क्षेत्र खुम्बु सुनसान

कोरोनाले पर्यटकिय क्षेत्र खुम्बु सुनसान


महेन्द्र शाही
सोलुखुम्बु, चैत ७
विश्वभर भयाभह रुपमा फैलिरहेको कोरोना भाईरसको प्रभावले सोलुखुम्बुको खुम्बु क्षेत्रको पर्यटन थला परेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा क्षेत्रमा कोरोनाको प्रभाव देखिन थालेको हो । यो समायमा पर्यटकको चहलपहल तिब्र रुपमा हुनुपर्ने भएपनि पर्यटकहरु नआउँदा पर्यटकिय क्षेत्र खुम्बु सुनसान बनेको हो । अघिल्ला वर्षहरुमा पर्यटकले खचाखच भरिएका होटलहरु यस वर्ष भने सुनसान देखिन्छन भने व्यवसायिहरु ग्राहक आउने आसामा बसेका छन ।

चिसो छल्न खुम्बुबाहिर गएका व्यवसायीहरु फर्किएर होटल लगायतका व्यवसाय सुरु गरिसकेका छन् । तर पर्यटक नपुग्दा उनीहरु चिन्तामा छन् । आम्दानिको मुख्य स्रोत नै पर्यटक भएकाले स्थानियमा चिन्ता बढेको छ । कमाई नहुने भए पछि व्यवसायनै चौपट भइरहेका नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पा बताउ । ‘खुम्बु पूरै सुनसान छ, यतिबेला त दिनमा ५–७ सय पर्यटक आउनुपर्ने हो तर ५–७ जना पनि आउन मुश्किल छ’, उनले भने, ‘होटलहरु पूरै खाली छन, भारी बोक्ने लगायतका काम खोज्दै आएकाहरु वेरोजगार हुन थालेका छन, यहाँ त रोगको त्रासभन्दा घर खर्च चलाउने त्रास बढेको छ ।’

खुम्बु क्षेत्रमा रहेका साना ठूला गरी झण्डै तीन हजार होटल पसलहरु दुई मौसममा गरी ६ महिना सञ्चालन हुन्छन् । अझ राम्रो कारोबार हुने वसन्तकालीन मौसममै पर्यटक नपुग्दा व्यवसायी मारमा परेका छन् । त्यस क्षेत्रमा रोजगारीका लागि गएर केहि आर्थिक उपार्जन गर्नेहरु पनि यसको प्रत्यक्ष मारमा परेका छन । अहिले नेपाल सरकारले हिमाल आरोहण पनि रद्द गरेको छ । जसबाट सगरमाथा क्षेत्रसँगै अरु हिमाल आरोहणका लागि आउने पर्यटक नआए पछि यो रुटका व्यवसायीहरु पनि मारमा परेका छन । यसबाट कति हानि हुन्छ र भयो भन्ने कुराको तथ्याङक केहि समय पछि नेपाल सरकारले निकाल्ने नै छ तर अहिले यस क्षेत्रका स्थानिय व्यवसायि र भरिया बढी मारमा परेका छन । सगरमाथा हिमाल आरोणबाट मात्रै सरकाले करोडौँ रोयल्टी उठाउने गरेको थियो । हिमाल आरोहणमा आउने पर्यटकहरुलाई सेवा गरेर आफ्नो गुजारा चलाउने सामान्य परिवारमा तत्काल असर देखिए पनि यसको असर दिर्घकालिन रुपमा नेपाल सरकालाई नै पर्ने निश्चित छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया