कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारीविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारीविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरूपयोग गरी गलत प्रतिवेदन बनाई भ्रष्टाचार गरेको अभियोगमा आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १२ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सरकारी अनुदानको पेश्की रकममा सम्झौताबमोजिम काम नगरी हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार भएको फेला परेको आयोगले जनाएको छ । आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका कालीकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट, खानेपानी तथा ऊर्जा विकास कार्यालयका तत्कालीन सव इन्जिनियर गुरुराज सज्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध आयोगले ६६ लाख ५० हजार रुपैयाँबराबरको बिगो दाबी गरेको छ । यस्तै, मूल्यांकन समितिका पदाधिकारी हरिप्रसाद पण्डित श्रीधर अधिकारी, दीपकुमार भण्डारी, हीरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालले कुनै वस्तुनिष्ठ आधार तयार नभएको र निमित्त कार्यालय प्रमुख बस्नेतले पेस गरेको प्रतिवेदन सदर गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
यस्तै, आयोगले सिमनाथ कृषि विकास सहकारी संस्था कालीकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाही र सहकारी संस्थाविरुद्ध पनि ६६ लाख ५० हजार रुपैयाँबराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 13
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया