कोइरालालाई रोटरी गोपाल–कमला राजभण्डारी पुरस्कार
काठमाडौं । युवा उद्यमी सुदीप कोइरालाले १० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पुरस्कार प्राप्त गरेका छन् । दिदी फाउन्डेसनका सञ्चालक कोइरालाले सामाजिक उद्यमशीलता तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यो पुरस्कार प्राप्त गरेका हुन् ।
रोटरियन गोपाल–कमला राजभण्डारीको नामबाट समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई यो पुरस्कार दिइँदै आइएको छ । यसअघि प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइएको यो पुरस्कार यस वर्षदेखि वार्षिक रुपमा प्रदान गर्ने बताइएको छ । रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को १५औं राष्ट्रिय सम्मेलनका अवसरमा हालै गोपाल–कमलाका नाति आमोद राजभण्डारीले परिवारको अन्य सदस्यको उपस्थितिमा कोइरालालाई उक्त पुरस्कारबाट सम्मानित गरेका हुन् ।
यो पुरस्कार गोपाल–कमला राजभण्डारीको स्मृतिमा स्थापना गरिएको हो । समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको आमोद राजभण्डारीले बताए । उनका अनुसार बासुदेव गोल्यानको अध्यक्षतामा छ सदस्यीय
पुरस्कार छनोट समिति गठन गरिएको थियो ।
पुरस्कार प्राप्त गरेका कोइरालाले उक्त पुरस्कारको रकम समाजको उन्नतिका लागि लगानी गर्ने बताए । ‘हामीले काम गर्दा समाजका पिछडिएको वर्गको पनि आर्थिक उत्थान हुनुपर्छ’, उनले भने, ‘यो पुरस्कारले मलाई थप त्यही बाटोमा हिँड्न प्रोत्साहन गर्नेछ ।’
क्याटेगोरी : बिबिध
ट्याग : #Page 9
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया