Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयस्तो छ नयाँ ब्रोकर लाइसेन्समा स्वार्थ बाझिएको नालीबेली

यस्तो छ नयाँ ब्रोकर लाइसेन्समा स्वार्थ बाझिएको नालीबेली


काठमाडौं,नयाँ ब्रोकर लाइसेन्स लिने तयारीमा रहेका ४७ मध्ये ३१ वटा ब्रोकर कम्पनीहरुमा स्वार्थ बाझिने लगानी रहेको भेटिएको छ । नयाँ ब्रोकर लाइसेन्स पाउने प्रक्रियामा रहेका ३१ वटा कम्पनीमा स्वार्थ बाझिएको सम्बन्धी विवरतण पर्दाफास भएको छ ।

आवेदक कम्पनीले संलग्न नगरेका कागजातको विवरण
हिमालयन ब्रोकर लिमिटेड
१. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २६४ को अनुसूची ३ अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको
२. सूचीकृत कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इम्फ्रास्ट्रक्च एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको । हाल सञ्चालनमा रहेको दलाल नं ४ इम्पेरियल सेक्युरिटिज प्रा.लि.मा २५ प्रतिशत र दलाल नं.४२ सनी सेक्युरिटिज लिमिटेडमा १५ प्रतिशत भान्जा र भतिजको नाममा रहेको सेयरमा अम्बिकाप्रसाद पौडेलले भित्री लगानी गरेका छन् ।
३. सात करोड १३ लाख रुपैयाँ लगानी गरेका सेयरधनी सागर ढकाल आईएमई समूहका सञ्चालक हुन् । आईएमई समूहका ग्लोबल आईएमई बैंक लिमिटेड सूचीकरणमा छ । त्यस्तै, ग्लोबल आईएमई क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
४. पाँच करोड रुपैयाँ लगानी गरेका सेयरधनी नवराज नेपाल ज्योति विकास बैंक लिमिटेड र सनी सेक्युरिटिज नेपालका सहोदर एकाघरका सदस्य हुन् ।
५. एलिट स्टक हाउस लिमिटेडमा ४० लाख रुपैयाँ लगानी गरेका सेयरधनी मनोज नेपाल र पाँच करोड रुपैयाँ लगानी गरेका सेयरधनी नवराज नेपाल एकाघरका सहोदर दाजुभाइ हुन् ।
६. बैंकबाट स्टेटमेन्ट पेस नगरी कम्पनी रजिस्ट्रार कार्यालयबाट मिलोमतोमा सेयरलगत निकालिएको । सेयरलगत अभिलेख भएको मिति र सेयरधनीले बैंककमा रकम जम्मा भएको मिति जाँच गर्दा यो कुराको वास्तविकता प्रष्ट हुने नै छ ।
७. असोज ३१ गते मध्यरात ऋण स्वीकृत गराई हिमालयन ब्रोकरेजमा रकम जम्मा गरेको ।
८. सूचीकृत कम्पनी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडमा सञ्चालक रहेका नवराज नेपालको नाममा पाँच करोड लगानी रहेको ।
९. इन्फिनिटी सेक्युरिटिजले प्रेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजना र हिमालयन ब्रोकरेज लिमिटेडले पेस गरेको विवरण हुबहु मिलेको छ । तसर्थ इन्फिनिटी सेक्युरिटिज र हिमालयन ब्रोकरेज एकै समूहको लगानीयुक्त कम्पनी हो ।

सेयरप्रो सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. एक करोड रुपैयाँ लगानी गरेका सेयरधनी सन्दीपविक्रम राणा र ११ लाख रुपैयाँ लगानी गरेका सेयरधनी सुजलरत्न शाक्य सेयरबजारसम्बन्धी अनलाइन पत्रिका सेयरसंसारका सञ्चालक हुन् ।
४. प्रवीण अग्रवालको नाममा रहेको लगानीमा दीपेन्द्र अग्रवालको भित्री लगानी रहेको ।
५. यस कम्पनीका सेयरधनीहरूले अनुमतिविना सेयर तालिम सञ्चालन गरी पोर्टफोलियो हेरिदिने भन्दै अनुचित शुल्क असुल गरी सर्वसाधरणको रकम ठगी गरेको ।
६. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।

इन्डेक्स सेक्युरिटिज लिमिटेड
१. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. ५० लाख रुपैयाँ लगानी गरेका एकजना सेयरधनी निरज्वल बस्नेत सेयरबजारसम्बन्धी समाचार लेख्ने आर्थिक न्युज अनलाइन पत्रिकाका अध्यक्ष रहेका ।
४. हालको ८ नं.दलाल श्रीकृष्ण सेक्युरिटिज लिमिटेडका कर्मचारी दिनेश अर्यालले करोड रुपैयाँ लगानी गरेका । निज अर्याल इन्डेक्स सेक्युरिटिज लिमिटेडको अध्यक्ष भई आवेदक भएका ।
५. हालको ५९ नं. दलालका एक सञ्चालकले परशुराम रिजालमार्फत भित्री लगानी गरेको ।
६. सूचीकृत कम्पनीमा सञ्चालक रहेका श्रीराम ढकालले छोरा सञ्जीव ढकालमार्फत दुई करोड ५० लाख रुपैयाँ लगानी गरेको ।
७. सेयरधनी सञ्जीव ढकाल हाल स्वदेशमा नरहेको र कम्पनी दर्ता गर्दा उनको किर्ते हस्ताक्षर र औँठा छाप लगाइएको ।
८. अन्य सेयरधनीहरू पनि सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
९. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
सन् सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३ अनुसूची–४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको
३. पाँच करोड ८२ लाख रुपैयाँ लगानी सेयरधनी कृष्ण गिरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडका परामर्शदाता रहेका ।
४. सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति सेयरधनी रहेका ।
५. नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक अप्सरा उप्रेदीको भित्री लगानी रहेको ।
६. इन्सुरेन्स खबर नामक अनलाइनका अध्यक्ष केशव भण्डारीको भित्री लगानी रहेको ।
७. कृष्ण गिरीको नामबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडका सञ्चालक रहेका अम्बिकाप्रसाद पोडेलको भित्री लगानी रहेको ।
८. प्रभु क्यापिटल लिमिटेडका सेयरधनी अङिग्स घिमिरे, अशोक सिटौला, सन्तोषराज नेपाल, केशव भण्डारीको भित्री लगानी रहेको ।
९. प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक दिनेश थकालीको भित्री लगानी रहेको ।
१०. प्रभु बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक र उच्चपदस्थ कर्मचारीको लगानी रहेको ।
११. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।

क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका छोराको लगानी रहेको । निज सागर सिंह साउद सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
३. सेयरधनी सूचिकृत कम्पनीमा सञ्चालक रहेका ।
४. सेयरधनीले सेयरबापत रकमा जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
५. सञ्चालक विष्णु पोखरेल बैंकको उच्च कर्मचारी रहेका ।
६. सेयरधनी मेघा चौधरीको नाममा रहेको लगानी चौधरी समूहको भित्री लगानी भएको र निज विभिन्न कम्पनीमा सञ्चालक रहेकी ।
७. चार करोड ६८ लाख लगानी गरेका अतितलाल श्रेष्ठ आर्थिक मिडियामा आबद्ध भएका, विभिन्न समूह बनाई रकम उठाएर सेयरमा लगानी गर्दै सर्वसाधरणलाई ठगेका व्यक्ति हुन् भन्ने प्रमाण धितोपत्र बोर्डमा परेको विभिन्न उजुरीहरूबाट नै प्रष्ट हुन्छ । साथै, निजको नाममा बजारमा नाम चलेका अर्का छट्टु विश्लेषक भनी चिनिने विष्णुप्रसाद बस्यालले दुई करोड रुपैयाँ भित्री लगानी रहेको भनी बुझिन आएको छ ।
८. अनिलराज भण्डारीको नाममा रहेको दुई करोड ५१ लाख रुपैयाँमध्ये एक करोड मेरो लगानी डटकम भन्ने मिडियामा भित्री लगानी रहेको ।
९. क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि र भोलेगणेश सेक्युरिटिज लिमिटेड एकै समूहको रहेको हुँदा दुवै निवेदन बदरभागी छन् । यी दुवै कम्पनीले पेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजनाको विवरण हुबहु मिलेको छ । तसर्थ, यी दुवै कम्पनीमा एकै समूहको लगानी छ ।

स्टककाट्र्स सेक्युरिटिज लिमिटेड
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि स्वार्थ पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. सरकारी ठेक्का कुरा नगरी हर्जना तिरेका व्यक्ति सेयरधनी रहेका ।
४. सेयर रकमबापत जम्मा भएको निस्सा बैंक विवरण निवेदन साथ पेस नगरेको ।
५. निवेदनको साथ कुनै पनि आवश्यक कागजात पेस नगरेको ।
भोलेगणेश सेक्युरिटिज लिमिटेड
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. छ करोड रुपैयाँ लगानी गरेका सेयरधनी दुर्गा तिवारी रिजालका पति नेपाल सरकारका निजामती कर्मचारी रहेका ।
४. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन, इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
५. सञ्चालकसमेत रहेका अज्ञिप तुलाधरले विभिन्न समूह बनाई सेयर बजारमा लगानी गरेको । निज सेयर विश्लेषक बनी बजारलाई प्रभावित गर्ने माहिर खेलाडी भनी चिनिने गरेका छन् । साथै, मिडियामा कुनै कम्पनीको बारेमा अफवाह फैलाउने गुरुका रूपमा परिचित छन् । निजउपर बोर्डमा लिखित र मौखिक धेरै उजुरीहरू परेको भन्ने सुनिन आएको छ ।
६. अनिप अग्रवाल, सीताराम अग्रवाल, मोनिकाकुमार अग्रवालको नाममा सेयरबजारमा अफवाह फैलाई कारोबार गर्ने दीपेन्द्र अग्रवालको भित्री लगानी रहेको ।
७. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
८. क्यापिटल म्याक्स सेक्युरिटी प्रा.लि र भोलेगणेश सेक्युरिटिज लिमिटेड एकै समूहको रहेको हुँदा दुवै निवेदन बदरभागी छन् । यी दुवै कम्पनीले पेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण समेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजनाको विवरण हुबहु मिलेको छ । तसर्थ यी दुवै कम्पनीमा एकै समूहको लगानी छ ।

प्रोपर्टी विजार्ड लिमिटेड
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलभमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
३. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
४. सेयरधनीले सेयरधनी उद्धव शिवाकोटी ब्रोकर ३ सँग आबद्ध रहेका व्यक्ति हुन् ।
५. सञ्चालक हरिप्रसाद वाग्ले बैंक तथा वित्तीय संस्थाको सञ्चालक रहेका र निजको नाममा लगानीमा अम्बिकाप्रसाद पौडेलको ५० लाख रुपैयाँ भित्री लगानी रहेको ।

क्यापिटल हव प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. हाल सञ्चालनमा रहेको ब्रोकर कम्पनीका कर्मचारी भरत रेग्मीले लगानी गरेको ।
३. एलिट क्यापिटल लिमिटेडका सञ्चालक राजन लम्सालको लगानी रहेको ।
४. नेपाल राष्ट्र बैंकका अधिकृतको भित्री लगानी रहेको ।
५. सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
६. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।

आकाश भैरव सेक्युरिटिज लिमिटेड
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. तीन करोड ५४ लाख रुपैयाँ लगानी गरेका सेयरधनी मनबहादुर राई सूचीकृत कम्पनी सेन्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक रहेका ।
४. तीन करोड ५४ लाख रुपैयाँ लगानी गरेका सेयरधनी दिनेश हुमागाईँ सूचीकृत कम्पनी बुटवल पावर कम्पनी लिमिटेडका सञ्चालक रहेका ।
५. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको अपेक्षित वित्तीय विवरण पेस नगरेको ।

एलिट स्टक हाउस लिमिटेड
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
४. हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा पाँच करोड रुपैयाँ लगानी गरेका नवराज नेपाल र ४० लाख रुपैयाँ लगानी गरेका मनोज नेपाल सहोदर एकाघरका सदस्य हुन् ।
५. सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
६. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।

इगल स्टक इक्विटी प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुुसूची ४ र अनूसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति सेयरधनी रहेका ।
४. सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
५. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।
७. सञ्चालक विजयविक्रम शाह सूचीकृत कम्पनीको सञ्चालक रहेका । निजको लगानीको स्रोत प्रस्ट नभएको ।
८. सञ्चालक चक्रबहादुर खत्रीको लगानी जिनको नभई भीष्मराज ढुंगानाको रहेको हुँदा स्रोत नखुलेको देखिन्छ ।

पाही इन्भेस्टमेन्ट प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. सेयरधनीे सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
४. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
५. इन्द्रदेव यादवको नाम रहेको लगानीको स्रोत नखुलेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

मिओ सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. आशीष रानाभाटको नाममा ब्रोकर ५५ को सञ्चालक विजय रानाभाटको भित्री लगानी रहेको ।
३. सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
४. सेयरधनीले सेयरवापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
५. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।
६. सञ्चालक कैलाश, विरोचन सन्दिप तीनै जनाको सम्पत्तिको स्रोत तथा लगानीको स्रोत नभएको ।
७. निज सञ्चालकहरूको अनुभव नभएको र नपुगेको ।
८. संस्थापकहरूको करचुक्ता नभएको ।

इन्फिनिटी सेक्युरिटिज लिमिटेड
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. ८० लाख रुपैयाँ लगानी गरेका सेयरधनी सङ्गीता तिमिल्सना एलिट क्यापिटलको उच्च पदमा रहेको एवम् कलश स्टक मार्केट प्रालि मा १० लाख रुपैयाँ लगानी गरेको सेयरधनी सुमन पन्तकी पत्नी हुन् । सुमन एलिट क्यापिटल लिमिटेडको सेयरधनी समेत हुन् ।
३. दुई करोड रुपैयाँ लगानी गरेका सेयरधनी नीता नेपाल सनी सेक्युरिटी लिमिटेडका सेयरधनी कुमार पौडेलकी पत्नी हुन् ।
४. ९० लाख रुपैयाँ लगानी गरेका सेयरधनी दिनेश अधिकारी इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका मुख्य सेयरधनी हुन् ।
५. ५० लाख रुपैयाँ लगानी गरेका सेयरधनी विवेक पौडेलका पिता चोलाराम पौडेल उच्चअदालतका न्यायाधीश हुन् । निज विवेक पौडेल हाल विदेश (अमेरिका) मा रहेका छन् । उनको हस्ताक्षर र आँैठा छाप किर्ते गरिएको छ ।
६. चार करोड रुपैयाँ लगानी गरेका सेयरधनी उमा कँडेल सापकोटाको नाममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इफ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
७. एक करोड ३० लाख रुपैयाँ लगानी गरेका सेयरधनी गणेश रेग्मी सनराइज बैंक लिमिटेडमा ९ष्लतभनचबतभम च्ष्कप mबलबनझभलत र त्चभबकगचथ ःष्म यााष्अभ० का रूपमा कार्यरत छन् ।
८. इन्फिनिटी सेक्युरिटीजले पेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण समेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजना र हिमालयन ब्रोकरेज लिमिटेडले पेस गरेको विवरण हुबहु मिलेको छ । तसर्थ इन्फिनिटी सेक्युरिटिज र हिमालयन ब्रोकरेज एकै समूहको लगानीयुक्त कम्पनी हो ।
९. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।

मिल्कीवे सेयर ब्रोकर कम्पनी लिमिटेड
१. धितोपत्र व्यवसायी(धितोेपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को अनुसूची ३, अनुसूची ४, अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न गरेको ।
३. ज्योति विकास बैंक लिमिटेडका अध्यक्ष हरिचन्द्र अड्काको भित्री लगानी रहेका ।
४. एक करोड रुपैयाँ लगानी गरेका जयराम नेपाल हिमालयन ब्रोकरेज लिमिटेडमा पाँच करोड रुपैयाँ लगानी गरेका सेयरधनी नवराज नेपाल र एलिट स्टक हाउस लिमिटेडमा ४० लाख लगानी गरेका सेयरधनी मनोज नेपाल सहोदर एकाघरका सदस्य हुन् ।
५. १० लाख रुपैयाँ लगानी गरेका सेयरधनी मिलन केसी नेपाल राष्ट्र बैंकमा कार्यरत व्यक्ति हुन् ।
६. सेयरधनी नवराज नेपाल नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड र चन्द्रागिरी हिल्सका सञ्चालक हुन् ।
७. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडका सञ्चालक अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
८. ज्योति क्यापिटल लिमिटेडका सञ्चालकहरूको आप्mनै नामबाट लगानी भएको ।
९. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
१०. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

इन्दिरा सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
४. सम्भाव्यता अध्ययन प्रतिवेदन, आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।
५. सेयरधनी विशाल ढुंगानाको नाममा लगानी भएको दुई करोड रकम बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको भएको । सर्वोतम सिमेन्टको भित्री कारोबार समेत विशाल ढुंगानाको नाम रहेको थियो ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको अपेक्षित वित्तीय विवरण पेस नगरेको ।

कलश स्टक मार्केट प्रालि
१. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को अनुसूची, ३ अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. ४० लाख रुपैयाँ लगानी गरेका सेयरधनी डिल्लीराम बाँस्तोला नेपाल सरकारको कर्मचारी रहेका ।
४. १० लाख रुपैयाँ लगानी गरेका सेयरधनी सुमन पन्त इन्फिनिटीका सेयरधनी एवम् एलिट क्यापिटल लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडका सञ्चालक अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
५. नेपाल दूरसञ्चार कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड र हिमालयन लिमिटेडमा सञ्चालक अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
६. चार करोड ८० लाख रुपैयाँ लगानी गरेका सेयरधनी प्रदीप केसीको नाममा भएको लगानी शङ्कास्पद रहेकाले सम्पत्ति शुद्धीकरणबाट छानबिन भइरहेको ।
७. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको
८. सम्भाव्यता अध्ययन प्रतिवेदन आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

एसपीएसए सेक्युरिटिज लिमिटेड
१. कम्पनी दर्तामात्र गरेको र कम्पनी रजिस्ट्रार कार्यालयमा सुरु विवरण नपठाएको ।
२. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
३. सञ्चालक लगत पेस नगरेको ।्
४. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
५. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

ब्लुचिप सेक्युरिटिज लिमिटेड
१. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. डिमप्रसाद पौडेल र अशोक पौडेलको नाममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
३. दुई करोड ५० लाख रुपैयाँ लगानी गरेका सेयरधनी छिरिङ लामा ठेकेदार भएको र यिनलाई निर्माण सम्पन्न नगरेकोमा सरकारले कालोसूचीमा राखेको । साथै, बैंकको ऋण नतिरेकोमा कालोसूचीमा राखेको ।
४. सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
५. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

गरिमा सेक्युरिटिज लिमिटेड
१. माथि हिमालयन ब्रोकरेज लिमिटेडको हकमा उल्लेख भएको एकदेखि सातसम्मको कुनै पनि कागजात गरिमा सेक्युरिटिजले संलग्न नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. निवेदनको म्याद सकिएको एक हप्तापछि मात्र बैंक खाता खोलेको ।
४. सेयर रकमबापत जम्मा भएको निस्सा बैंक विवरण निवेदनका साथ पेस नगरेको ।
५. निवेदनको साथ कुनै पनि आवश्यक कागजात पेस नगरेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

हातेमालो फाइनान्सियल सर्भिस प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. हातेमालो सहकारी संस्था लिमिटेडको रकम अपचलन गरी सदस्यको बचत फिर्ता गर्न नसकेको ।
४. धितोपत्र बोर्डको पूर्वसञ्चालक निलबहादुर सारु मगरको भित्री लगानी रेहेको ।
५. सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
६. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंंक विवरण(स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
७. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

म्याग्रेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नरहेको ।्
३. सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ।
४. दुई करोड ५० लाख रुपैयाँ लगानी गरेका सेयरधनी निरु उप्रेतीले रोङ्सो सेक्युरिटिज लिमिटेडमा पनि दुई करोड रुपैयाँ लगानी गरेको ।
५. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको अपेक्षित वित्तीय विवरण पेस नगरेको ।

रोडसो सेक्युरिटिज लिमिटेड
१. माथि हिमालयन ब्रोकरेज लिमिटेडको हकमा उल्लेख भएको एकदेखि सातसम्मको कुनै पनि कागजात रोडसो सेक्युरिटिजले संलग्न नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. निवेदनको म्याद सकिएको एक घण्टापछि मात्र बैंक खाता खोलेको ।
४. सेयर रकमबापत जम्मा निस्सा बैंक विवरण साथ पेस नगरेको ।
५. निवेदनको साथ कुनै पनि आवश्यक कागजात पेस नगरेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

सीजी एन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. १० करोड रुपैयाँ लगानी गरेका सेयरधनी निर्वाणकुमार चौधरी नबिल बैंक लिमिटेडका सञ्चालक रहेका ।
४. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
५. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित विवरण पेस नगरेको ।

सजिलो ब्रोकर लिमिटेड
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ।
४. लगानीको स्रोत शङ्कास्पद रहेको ।
५. सेयरधनीको सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

मनिवल्र्ड सेयर एक्सचेन्ज प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. लगानीको स्रोत शंकास्पद रहेको ।
३. २० लाख ४० हजार रुपैयाँ लगानी गरेका सेयरधनी अम्बिकालाल श्रेष्ठले सञ्चालन गरेको सहकारीले बचत फिर्ता गर्न नसकेका ।
४. लगानीको स्रोत शंकास्पद रहेको ।
५. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
६. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

बेनी सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. चार करोड ५० लाख रुपैयाँ सेयर लगानी गरेका सेयरधनी मोदप्रसाद त्रिपाठी खारेजीमा गएको सम्झना फाइनान्स कम्पनी लिमिटेडमा भएको घोटलामा नेपाल राष्ट्र बैंकले सफाइ दिन बाँकी रहेको ।
३. आवेदन दिने म्याद सकिएको एक हप्तापछि मात्र बैंक खाता खोलेको ।
४. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
५. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

एम्पल सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. पाँच लाख रुपैयाँ लगानी गरेका सेयरधनी सौरभ ढुङ्गाना नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुङ्गाना तिमिल्सिनाको एकाघर संगोल भाइ रहेका ।
४. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।

शुभकामना सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरूपमा पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. राहुल अग्रवाल, शंकरलाल अग्रवाल बन्दना अग्रवाल आदिको नाममा दीपेन्द्र अग्रवालको लगानी रहेको ।
४. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
५. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको ।

ट्रेडमो सेक्युरिटिज प्रालि
१. धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र तथा व्यापारी) नियमावली २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि शर्त पालना नगरेको ।
२. सञ्चालक लगत संलग्न नगरेको ।
३. सात करोड ११ लाख रुपैयाँ लगानी गरेका सेयरधनी तारादेवी महर्जन र चार करोड ३० लाख रुपैयाँ लगानी गरेका सेयरधनी सरोज महर्जन संलग्न कम्पनी कालोसूचीमा परेको ।
४. सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ।
५. सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको । सञ्चालक लगत संलग्न नगरेको ।
६. निवेदनको म्याद जम्मा भएको निस्सा बैंक विवरण निवेदन साथ पेस नगरेको ।
७. सेयर रकमबापत पनि आवश्यक कागजात पेस नगरेको ।
८. निवेदनको साथ कुनै पनि आवश्यक कागजात पेस नगरेको ।
९. सम्भाव्यता अध्ययन र प्रतिवेदन र आगामी तीन वर्षको अपेक्षित वित्तीय विवरण पेस नगरेको ।


क्याटेगोरी : बिबिध
ट्याग : #page4

तपाईको प्रतिक्रिया