Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअभियान लघुवित्तको तेस्रो त्रैमासिक नाफा ऋणात्मक

अभियान लघुवित्तको तेस्रो त्रैमासिक नाफा ऋणात्मक


काठमाडौं, अभियान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड २१ लाख ८० हजार रुपैंयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आ.व.को सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड दुई लाख सात हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्तापुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २६ करोड ३३ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९१ करोड ३४ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड २८ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ करोड २१ लाख २० हजार रुपैंयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६१ प्रतिशत रहेको छ ।

गत आ.व.को सोही अवधिमा भने संस्थाले १६ करोड ८९ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ८० लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड दुई लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७८ लाख ३४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया