Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशभोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइयो

भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइयो


दमौली । तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट पृथ्वीराजमार्ग विस्तार गर्न लागि मंगलबार बिहान भत्काइएको छ ।

नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो । मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु. पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।

मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, बिबिध

तपाईको प्रतिक्रिया