Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअवैध लागुऔषधसहित पक्राउ

अवैध लागुऔषधसहित पक्राउ


काठमाडौं । मकवानपुरको गढी गाउँपालिका–२ ठूलोदमारबाट अवैध लागुऔषध गाँजा करिब नौ सय २० ग्रामसहित हेटौंडा उपमहानगरपालिका–१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना. ६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको छिपहरमाई गाउँपालिका–५ ब्रहम चोकबाट नियन्त्रित लागुऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा भीमेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका–४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बागमती प्रदेश–०३–००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया