पुर्वाधार बिकासमा अब्बल बैतेश्वर गाउँपालिकाले चालु वर्षको मुखमै निकाल्यो ८ वटा सडकको टेन्डर
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका पुर्वाधार बिकासको हिसाबले अब्बल बन्दै गएको छ् ।यस अघिनै दर्जनौं सडकको कालोपत्रे तथा ढलान गर्न सुरु गरेको पालिकाले यस पटक पनि अन्य स्थानीयतहको तुलनामा आन्तरिक बजेटबाट निर्माण हुने ८ वटा ग्रामीण सडकको चालु वर्षको पहिलो महिना बित्दै बोलपत्र मार्फत ठेक्का आव्हान गरेको छ् ।
भौतिक पुर्वाधार बिकासको हिसाबले जिल्लामै नमुना र अब्बल देखिएको बैतेश्वर गाउँपालिकाले चालु वर्षको बजेटलाई दीर्घकालीन योजना अनुसार पुर्वाधार बिकासलाई केन्द्रित गरेर निर्माण गरेको बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले जानकारी दिनु भयो । अध्यक्ष लामा अनुसार यस वर्ष पालिकाले ८ वटा वडाका ८ वटा ग्रामीण सडक आरसीसी पक्की ढलान तथा सडक स्तरोन्नति गर्न ठेक्का आव्हान गरिसकेको हो । शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि संगै पुर्वाधार बिकासलाई पनि प्राथमिकता दिएर बिकास गरिरहेको अध्यक्ष लामाले बताए।
बैतेश्वर गाउँपालिकाले यस वर्ष पौष मसान्त भित्र पहिलो चरणको काम सक्ने गरी एक करोड माथिका ठुला योजनाको ठेक्का निकालेको बैतेश्वर गाउँपालिका पुर्वाधार शाखाका प्रमुख इन्जिनियर युधिष्ठीर केसीले बताए । बैतेश्वर गाउँपालिकाले असारे बिकासलाई रुपान्तरण गरेर भदौ देखी पुस मसान्त भित्र करोडौ बढी योजनाको काम सक्ने गरी योजना बनाएर चालु वर्षको पहिलो महिनामै टेन्डर आव्हानको सूचना निकालेर चालु वर्षका योजनाको काम सुरु गरे इन्जिनियर केसीले बताए ।
पालिकाले यस वर्ष गोपि जोरमाने सडक,बुस्ती पुतलीकाठ सडक,नाम्दु पाँडुडाँडा सडक,गाउँपालिका निम्कोट पाइले सडक,अस्पताल गाउँपालिका सडक,च्यानडाँडा छाप सडक,देउराली क्षेत्रपा सडक र ज्यामिरे बगर मजुवा सडक ढलान तथा सडक स्तरोन्नति गर्न ठेक्का आव्हान गरेको हो।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ताजा अपडेट
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया