दोलखाका ७४ वडामध्ये ४८ वटाको आफ्नै भवन
दोलखा । दोलखाका नौ स्थानीय तहमा रहेका ७४ वडामध्ये ४८ वटाले आफ्नै कार्यालय भवन निर्माण गरेर सेवा दिइरहेका छन् । स्थानीय तह सञ्चालन भएको करिब छ वर्ष बितिसक्दा पनि अझै २६ वडाले आफ्नै भवन निर्माण गर्न सकेका छैनन् । निर्माण हुन नसकेका वडामा केही जग्गा अभाव तथा केहीमा विवाद रहेको बताइएको छ ।
जिल्लाको बैतेश्वर गाउँपालिकाले आठै वडामा वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । बैतेश्वरले तीन वर्ष अगाडि नै सबै वडा कार्यालयलाई भाडामुक्त बनाएको हो । यस्तै, उत्तरी क्षेत्रको बिगु गाउँपालिका वडा पनि भाडामुक्त भए पनि सबै वडाको आफ्नै कार्यालय भने छैनन् । पालिका अध्यक्ष सञ्जीव ओलीका अनुसार वडा नम्बर १ लामाबगरको हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भाडा तिरिदिएको छ भने भवन पनि बनाइदिन थालेको छ । वडा नम्बर २ र ३ मा कारितास नामक संस्थाले वडा कार्यालय भवन निर्माण गरिदिएको छ । बाँकी पाँच वटा वडाले सामुदायिक भवन तथा साविकको गाविस भवन प्रयोग गर्दै आएका छन् ।
कालिञ्चोक गाउँपालिकाका पाँच वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । वडा नम्बर ६ र ७ मा निर्माण भइरहेको छ । वडा नम्बर २ मा जग्गा अभावले निर्माण हुन सकेको छैन भने यो पालिका पनि अस्थायी कार्यालयबाट सञ्चालन हुँदै आएको छ । यसैगरी जिल्लाको मेलुङ गाउँपालिकाले वडा नम्बर २, ६ र ७ मा भवन निर्माण गरी वार्षिक आठ लाख रुपैयाँ बचत गरेको छ । गाउँपालिका अध्यक्ष हिरा थोकरका अनुसार वडा नम्बर १, २ र ५ ले सविकको गाविस भवन प्रयोग गरिरहेका छन् । वडा नम्बर ३ र ४ मा पनि भवन निर्माणाधीन रहेको छ । आगामी वर्ष भाडामुक्त वडा हुँदा करिब १४ लाख रुपैयाँ बचत हुने गाउँपालिकाले जनाएको छ ।
जिरी नगरपालिकाका नौवटै वडा कार्यालय भवनहरू निर्माण भइसकेकाले भाडामुक्त भई छ लाख ५६ हजार रुपैयाँ बचत हुन लागेको बताइन्छ । तामाकोशी गाउँपालिकाले पनि पाँचवटा वडा कार्यालय भवन निर्माण गरी १० लाख रुपैयाँ बचाएको छ । वडा नम्बर २ र ३ मा पनि भवन निर्माणाधीन रहेकाले अर्को वर्षदेखि भाडा मुक्त भई १४ लाख रुपैयाँ वार्षिक बचत हुने पालिका अध्यक्ष प्रोणप्रताप केसीले बताए । सैलुङ गाउँपालिकाले पाँचवटा वडा कार्यालय भवन निर्माण गरी ७२ हजार रुपैयाँ बचत गर्न थालेको छ । वडा नम्बर २ र ८ मा पनि भवन निर्माण गर्ने सोच रहेकाले आगामी वर्षदेखि भाडामुक्त भई एक लाखभन्दा बढी बचत हुने देखिएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया