सहुलियतपूर्ण ऋण प्रवाहका लागि पालिका र बैंकबीच सम्झौता
दोलखा । कृषक तथा उद्यमीलाई सहुलियतपूर्ण ऋण प्रवाहको लागि दोलखाका दुई वटा गाउँपालिकाले तीन वटा बैंकसँग सम्झौता गरेका छन् । जिल्लाको मेलुङ र तामाकोशी गाउँपालिकाले हिमालयन बैंक, प्रभु बैंक र लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमा उद्यमी कृषकलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेका हुन् ।
सो सम्बन्धी सम्झौतामा तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर र तीनवटै बैंकका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् । योसँगै अब दुई पालिकामा उद्यम गरिरहेका वा उद्यम गर्ने कृषकलाई सहुलियतपूर्ण ऋणका लागि प्रक्रिया सुरु हुनेछ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी बढाउन, देशभित्रै रोजगारी सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरूको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न सो सम्झौता गरिएको मेलुङ गाउँपालिका अध्यक्ष थोकरले बताए । कर्जाले विपन्न कृषकलाई वित्तीय पहुँचका माध्यमद्वारा कृषि र पशुपालन क्षेत्रमा सहयोग पुग्ने उनको विश्वास छ । यस्तै, उनले ऋण प्रवाह गर्दा वास्तविक उद्यमी पहिचान गरी उपलब्ध गराउन बैंकलाई आग्रह गरेका छन् ।
यस्तै, तामाकोशी गाउँपालिकाका अध्यक्ष केसीले उद्यमी तथा कृषकलाई विनाझन्झट कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई सुझाव दिए । यो सम्झौताले दुई वटा पालिकाका कृषक तथा उद्यमीलाई व्यवसाय सञ्चालनमा सहजता हुने उनको विश्वास छ । सामुदायिक विकास मञ्च नेपाल दोलखा र असल शासन समन्वय समितिको समन्वयमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया