शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन गाउँपालिकाको निर्देशन
गोरखा । पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन गोरखाको गण्डकी गाउँपालिकाले निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।
प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले सामाजिक सञ्जालमार्फत राजनीतिक कार्यक्रममा शिक्षकको सहभागिता भएको सन्दर्भमा गाउँपालिकाको गम्भीर ध्यानकर्षण भएको भन्दै उनले सार्वजनिक गुनासो र चासोका आधारमा शिक्षकलाई सूचनामार्फत सचेत गराएको बताए । प्रशासकिय अधिकृत उपरकोटीका अनुसार विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजनास्थल बनाइ राजनीतिक कार्यक्रम नगर्न र नगराउन पनि गाउँपालिकाले आग्रह गरेको छ ।
गण्डकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका भवन विभिन्न राजनीतिक दलका कार्यक्रममा प्रयोग भएको भन्ने सूचना तथा फोटो सामाजिक सञ्जालमार्फत कार्यालयलाई प्राप्त भएको भन्दै त्यसतर्फ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यदि राजनीतिक कार्यक्रम गर्नका लागि विद्यालयको भवन दिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले सोको जिम्मेवारी लिनुपर्ने भन्दै त्यसका लागि पालिकाले आवश्यक प्रक्रिया अघि बढाइ कारबाही गर्ने चेतावनी दिएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया