Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण गरी हस्तान्तरण


काठमाडौं । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शुक्रबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

त्यहाँस्थित भूमिहीन दलित÷आदिवासी जनजाति तथा अतिविपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजनाअन्तर्गत गढीगाउँपालिका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेसनल नेपाल र संकल्प नेपालले संयुक्तरूपमा उक्त भवन निर्माण सम्पन्न गरेको हो । गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । २०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको हो । विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यअन्तर्गत निर्माण गरिएका भवनमा दुई वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन् ।

गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँ, ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँ, संकल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान छ लाख रुपैयाँ बराबरसहित एक करोड ७ लाख ५० हजार दुई रुपैयाँ कुल लागतमा उक्त भवन निर्माण परियोजना सम्पन्न भएको हो । सो कार्यक्रममा मन्त्री भगवती चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म परियोजना सफल हुन नसक्ने बताइन् । आगामी दिनमा यस्ता योजनाहरू सफल पार्न स्थानीय नेतृत्व नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो । ‘अझै पनि थुप्रै भूमिहीन, सुकुम्बासी समुदायहरू हुनुहुन्छ । उहाँहरूको व्यवस्थापनका निम्ति पनि हामी सबै एकजुट भएर काम गर्न आवश्यक छ’, उनले भनिन् । अझै पनि हजारौं घर बनाएर विपन्न परिवारलाई व्यवस्थापन गर्ने लक्ष्य रहेको उनले बताइन् ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x