Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाचट्याङ लागेर एकजनाको मृत्यु

चट्याङ लागेर एकजनाको मृत्यु


मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

हेटौंँडा अस्पतालमा चट्याङ लागेर घाइते भएका प्रजालाई लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताए । उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको छ ।

प्रवक्ता भण्डारीले घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x