रुपन्देहीका तीन पालिका अझै भाडाकै घरमा
बुटवल । रुपन्देहीका तीन वटा पालिकाहरू संघीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि अझै भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० वटा गाउँपालिकाहरू रहेका छन् । तीमध्ये तीन वटा पालिकाले अझै आफ्नो लागि प्रशासकीय भवन निर्माण सम्पन्न गर्न सकेका छैनन् ।
यस्तै, ओमसतिया गाउँपालिकाले टिन भए पनि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ भने अन्य १२ वटा पालिकाहरूले सुविधा सम्पन्न प्रशासकीय भवनहरूबाट सेवा प्रवाह गरेका छन् । आफ्नै प्रशासकीय भवन बनाउन नसक्ने तीन पालिकाहरू लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिका रहेका छन् । पालिकाहरूको प्रशासकीय भवन निर्माण संघीय सरकार र स्थानीय तहको लागत हुने व्यवस्था छ । प्रशासकीय भवन निर्माण सरकारको उच्च प्राथमितामा रहेको भए पनि रुपन्देहीका तीन पालिकाहरूले विविध कारणले गर्दा भवन निर्माणमा ढिला हुन गएको बताउने गरेका छन् ।
भाडाको घरबाट सर्दैसर्दै सेवा प्रवाह गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली अझै दुई वर्ष भाडाकै घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । उनका अनुसार ५३ करोड रुपैयाँमा वडा नं ३ को लंकापुरमा नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण हुँदैछ । भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको र निर्माण कम्पनीले तोकिएकै समयमा काम सम्पन्न गरिदिए दुई वर्षमा भवन निर्माण कार्यले पूर्णता पाउने ज्ञवालीले बताए ।
मर्चवारी गाउँपालिकाको भवन निर्माण कार्य पनि प्रक्रियामा गएको छ । तर कहिले प्रक्रिया सकिएर भवन निर्माण कार्य सुरु हुन्छ भन्ने यकिन भन्न सक्ने अवस्था नरहेको पालिकाले जनाएको छ । पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न खोजिरहेको भए पनि प्रक्रियागत कारणले रोकिएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले पहिले सुरुसुरुमा जग्गा खोज्दा समय लागेको र हाल पालिकाको नाममा जग्गा आउन नसक्दा समय लागेको बताए । जग्गा प्राप्तिको आवश्यक प्रक्रियाका लागि मालपोत कार्यालय मझगवा हुँदै अहिले पालिकाको भवन निर्माणका लागि आवश्यक फाइल मन्त्रालयसम्म पुगेको उनले जानकारी दिए । मन्त्रालयबाट स्वीकृत भएर आएलगत्तै निर्माण कार्य थालिने उनले बताए ।
रोहिणी गाउँपालिकाले पनि आफ्नै विविध समस्याको कारण समयमै पालिका भवन निर्माण गर्न सकेको छैन । सुरुमा उपयुक्त र सेन्टर मिल्ने ठाउँमा जग्गा नपाएर जग्गा खोज्दै हिँडेको पालिकाले जग्गा पाएपछि पनि केही समय जग्गा प्राप्ति हुन नसक्दा भवन निर्माण कार्य गर्न नसकेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले हाल सबै समस्याको हल गरी पालिकाको प्रशासकीय भवन निर्माण थालिएको बताए । प्रमुख प्रशासकीय अधिकृत चौधरीले हालसम्म भवन निर्माणको कार्य ५५ प्रतिशत जति सकिएको जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने योजनामा पालिका रहेको छ ।
क्याटेगोरी : पालिका समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया