ऐरी र सार्कीलाई सम्मान गरिने
कञ्चनपुर । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु. एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स .युएई)लाई पराजित गरी जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकामा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले राससलाई बताए ।
“नगरप्रमुखले सार्वजनिक कार्यक्रममै दुवै खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरिसक्नुभएको छ, छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गर्छौँ”, उनले भने । “नगरको गरिमा उच्च राख्नमा दुवै खेलाडीले अहम् भूमिका निर्वाह गरेका छन्”, उनले भने, “त्यसैले पुरस्कृत गर्न लागेका छौँ ।” गृहनगरमा आएका बेला दुवै जनालाई पुरस्कृत गरिने उनले जानकारी दिए ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया