Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारउप महानगरयोजनाका काम समयमै सम्पन्न गर्न निर्देशन

योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन


लुम्बिनी । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका महत्वपूर्ण योजना वर्षाअघि नै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

राससका अनुसार चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने सङ्घ, प्रदेश र उपमहानगरपालिकाको लगानीमा सञ्चालित योजनाको शुक्रबार अनुगमनका क्रममा उनले निर्माणाधीन योजना वर्षाअघि नै सम्पन्न गर्न निर्देशन दिएको हो ।

बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको प्रमुख राजमार्ग क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र र रानीगञ्जसम्मका सडक, पर्खाल र निर्माणाधीन योजनाको अनुगमन गर्दै प्रमुख पाण्डेयले निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराए । उनले बजेट विनियोजन भएका योजना समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताए ।

यस्तै उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाइएको छ । बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएकाले चोरीनिकासी रोक्नका लागि टोली खटाइएको नगरप्रमुख पाण्डेयको भनाइ छ ।

“सीमावर्ती स्थानीय तहमा निर्माण भइरहेका संरचना तथा निर्माण कम्पनीको निगरानी गरी स्थानीय तहसँग छलफल गरेर नियमनमा ल्याउनेयोजना छ”, उनले भने ।

प्रमुख पाण्डेयले नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका साथै वर्षामा बाढी र कटानबाट हुने क्षति कम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिए ।


क्याटेगोरी : पालिका समाचार, उप महानगर

तपाईको प्रतिक्रिया