उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका
कास्की । पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बिपिसी) को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो ।
तालिमका लागि छनोट भएका दुई सय ४० जनाका लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको थियो । दश विधामध्ये पञ्जेबाजा बजाउने र बारिस्ताको तालिम सुरु भइसकेको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले राससलाई जानकारी दिए ।
दश विधाअन्तर्गत पञ्चेबाजा बजाउने, सिलाइकटाइ, ब्युटी पार्लर, मन्टेश्वरी, सुनचाँदीका गहना निर्माण, भाषा तालिम, एसी जडान, कुक, बारिस्ता, प्लम्बिङलगायत छन् । विभिन्न सङ्घसंस्थासँगको समन्वय तथा महानगरपालिकाको लगानीमा तालिम सञ्चालन हुने कार्यकारी अधिकृत अधिकारीले बताए ।
तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र कतिपय गण्डकी बहुप्राविधिक शिक्षालयको समेत पाठ्यक्रममा आधारित हुनेछ । तालिम एक सय ६० देखि तीन सय ९० घन्टासम्मका हुने कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र रोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । “महानगरपालिकाभित्र स्वरोजगार सृजना गर्ने अनि तालिमका विभिन्न अवसर सृजना गर्ने हाम्रो उद्देश्य हो”, प्रमुख आचार्यले भने, “तालिमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने साथै आवश्यक परेको खण्डमा ‘स्टार्ट अप’मा बीउ पूँजीका लागि हामीले सहयोग गर्छौं ।”
सानो लगानीबाट पनि व्यावसायिक सफलताको लामो यात्रा पूरा गर्न सकिने उल्लेख गर्दै प्रमुख आचार्यले आफूले आर्जन गरेको ज्ञानको व्यावहारिक उपयोगमा जोड दिए । जागिरे मानसिकताले व्यक्तिको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्ने जनाउँदै स्वरोजगारसहितको उद्यमी बन्ने सपना देख्नु आवश्यक रहेको उनले बताए ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया