बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको पाइएमा कारबाही
काठमाडौं । बालश्रम निषेध गर्ने ऐन २०५६ को दफा ५ अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने र १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरिएको छ ।
नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ । महानगरले मंगलबार सूचना प्रकाशित गर्दै महानगरभित्र कोही कसैले कानुन विपरीत हुने गरी बालबालिकालाई श्रममा संलग्न गराएको र १४ देखि १८ वर्ष उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको भएमा १५ दिनभित्र जानकारी दिन पनि अनुरोध गरेको छ ।
नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भएमा÷भेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी दिन सकिने उक्त सूचनामार्फत जनाइएको छ ।
सूचनाअनुसार १५ दिनभित्र सूचीकृत हुन नआएमा घरेलु बालश्रम राखेको मानेर प्रचलित कानुनअनुसार कारबाही गर्ने महानगरपालिकाले चेतावनीसमेत दिएको छ । कोही कसैले आफ्नो घरमा वा साथमा राखेको भएमा विभाग, वडा कार्यालय वा महानगर एप केएमसी एपमार्फत १५ दिनभित्र नियमअनुसार सूचीकरण हुन पनि आग्रह गरिएको छ ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ताजा अपडेट
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया