Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारमहानगरकाठमाडौं महानगरका मेयर

काठमाडौं महानगरका मेयर

गरिबमाथि बाहुबली, धनाढ्यसँग निरीह !


काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सहरका फुटपाथका गरिब निमुखामाथि महानगर प्रहरी लगाएर बाहुबली पारामा सडकबाट हटाएर वाहीवाही बटुले । अझै पनि फुटपाथमा गरिबहरुले जीवनयापनका लागि राखेको ठेलागाडा महानगर प्रहरी लगाएर खोस्ने, पिट्नेजस्ता अमानवीय कार्य उनले निरन्तर गरिरहेका छन् ।

उनको ज्यादती फुटपाथका व्यापारीबाट सामान्य टहरा बनाएर जीविकोपार्जन गर्नेमाथि पनि सुरु भएको छ । दक्षिण भारतीय फिल्मी शैलीमा महानगर प्रहरी प्रमुख राजु पाण्डे डोजर लिएर दिनहुँ मान्छेको उठिबास लगाउन लागि परेका छन् । तर गरिब निमुखामाथि बाहुबली शैलीमा उत्रिएका मेयर शाह र उनका प्रहरी कमान्डर धनाढ्यहरूसँग भने निरीहजस्तै बनेका छन् । महानगरभित्र रहेका ठूला धनाड्यले भने महानगरलाई बुझाउनुपर्ने एक अर्ब रुपैयाँ नबुझाउँदा पनि बालेन शाहले केही कारबाही गर्न सकेका छैनन् भने पाण्डे डोजर लिएर उनीहरूको घर र कार्यालय अगाडि जान सकेका छैनन् ।

मेयर शाह महानगरभित्र घर बहालकर, व्यावसाय कर र सम्पत्ति कर असुल्न असफल बनेका छन् । महालेखा परीक्षककको प्रतिवेदनका अनुसार महानगरभित्र विभिन्न शीर्षकमा कर नतिर्नेहरूको सूची सयौँको संख्यामा रहेको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार काठमाडौं महानगरले ७७ करोड ९२ लाख ३१ हजार रुपैयाँ सम्पत्ति कर, ९१ लाख सात हजार सात सय ६८ रुपैयाँ घरबहाल कर उठाउन सकेको छैन ।


क्याटेगोरी : महानगर
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x