वैतेश्वरको यार्सामा साङ्गछोलिङ गुम्बा निर्माण
दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–३ यार्सामा साङ्ग छोलिङ गुम्बा निर्माण गरिएको छ । गत वर्षदेखि प्रदेश सरकार र गाउँपालिकाको अनुदान तथा स्थानीयको चन्दा संकलनबाट सो गुम्बा निर्माण गरिएको हो ।
उक्त गुम्बाको सोमबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको उपस्थितिमा विधिगतरूपमा गुम्बामा कुशुम गुरु रिपोन्छे, बुद्ध र चेरिन्सिङ भगवानको मूर्ति राखेर उद्घाटन गरिएको छ । लामा गुरुहरूले गुम्बालाई (शुद्धीकरण)पूजागरी गुम्बामा रिपोन्छे, बुद्ध र चेरिन्सिग प्रतिस्थापन गर्ने गरी प्राण प्रतिष्ठा गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष तेन्जिङ शेर्पाले बताए । शेर्पाका अनुसार गुम्बा निर्माणको लागि स्थानीय शेर्पा समुदायले सात लाख चन्दा संकलन गरी जग्गा खरिद गरेका थिए । गुम्बा निर्माणको लागि भने वैतेश्वर गाउँपालिकाले २५ लाख रुपैयाँ र बागमती प्रदेशको १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । हाल पहिलो चरणमा एक तलाको गुम्बा निर्माण गरिएको छ ।
पहिलो तलाको काम सम्पन्न भएपनि दोस्रो चरणको काम गर्न चालू आर्थिक वर्षको लागि पालिकाले पुनः १५ लाख बजेट विनियोजन गरेको अध्यक्ष शेर्पाले बताए । गाउँमा गुम्बा नहुँदा यसअघि यहाँका शेर्पा समुदाय दर्शनको लागि टाढा–टाढाका गुम्बासम्म पुग्नुपर्ने बाध्यता रहेकोे थियो । तर अब उक्त समस्या हटेपछि स्थानीय खुसी भएका छन् । कार्यक्रममा साङ्गछोलिङ गुम्बा समितिले पालिका अध्यक्ष लामालाई सम्मान समेत गरेको थियो । समग्र वैतेश्वरको विकासमा पु¥याएको योगदानको सम्मान गर्दै ‘समृद्ध वैतेश्वर र खुसी वैतेश्वरवासी’ भन्ने अभियान सफल होस् भन्ने कामना समेत यार्साका शेर्पा समुदायले गरेका छन् ।
क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया