वैतेश्वरका चार ग्रामीण सडक निर्माणको लागि ठेक्का सम्झौता

दोलखा । वैतेश्वर गाउँपालिकाले आफ्नै लगानीमा स्तरोन्नती गर्न लागेको चार वटा सडकको निर्माणको लागि ठेक्का सम्झौता गरेको छ ।
गाउँपालिकाले सडकहरुको स्तरोन्नति तथा ढलान गर्न एकैपटक चार वटा टेन्डर आह्वान गरेर ठेक्का सम्झौता गरेको हो । गाउँपालिका तथा बागमती प्रदेश सरकारको समापुरक अनुदानमा ढलान हुने गोपि–जोरमाने खण्डमा यस वर्ष १.५ अर्थात् साढे एक किलोमीटर सडकको चार मिटर चौडाइसहित ढलान गरिने छ । त्यसैगरी बुस्ति–पुतलिकाठ– मिर्गे सडकको थुम्किभीरमा पनि यसवर्ष ढलान गरिने भएको छ । ५.२५ मिटर सडक आरसीसी ढलानको लागि काम सुरु भइसकेको छ । बुस्ति–पुतलिकाठ सडकको निर्माण कम्पनी आकृष्ट एन्ड आकृतले एक करोड ९० लाखमा ठेक्का सम्झौता गरेर काम सुरु गरेको हो । त्यसैगरी डाँडागाँउ मेघेचौर–सुलिडाडा बगर मजुवा सडकमा ११ सय ८५ मिटर सडक ढलान गरिने भएको छ । गाउँपालिकाको मैनापोखरी– क्षेत्रपा सडक खण्डमा यस वर्ष थप चार सय ६० मिटर लम्बाइ तथा पाँच मिटर चौडाइमा सडक ढलान गर्न ठेक्का सम्झौता भएको छ । पालिकाले यी चार सडक स्तरोन्नति गर्न सात करोड बजेट विनियोजन गरेको छ ।
त्यसैगरी गाउँपालिकाले १५ शैय्याको वैतेश्वर अस्पताल निर्माणदेखि भूकम्पले क्षति पुर्याएको विष्णु माध्यमिक विद्यालय भवन निर्माण पनि अन्तिम चरणमा पुर्याएको जनाएको छ । स्थानीय सडक तथा गोरेटोबाटो स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको पालिकाले हालसम्म संघ र प्रदेशसँग समन्वय गर्दै ३० किलोमीटर पक्की सडक निर्माण गरिसकेको छ भने ५० किलोमीटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न गरिसकेको छ । पालिकाले चालु आवमा वितरण गरेका वार्षिक कार्यक्रमलाई अहिले धमाधम कार्यान्वयन गरिरहेको अध्यक्ष छबि लामाले बताए ।
गाउँपालिकाले ५०/५० प्रतिशत समापुरक अनुदानमार्फत निर्माण हुने चार ठूला सडकको टेन्डरमार्फत ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरेको जानकारी दिए । त्यसैगरी गाउँपालिकाले वितरण गरेका पूर्वाधार तथा भौतिक निर्माणदेखि अन्य स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार कृषि र पर्यटन लगायतका क्षेत्रमा विनियोजित बजेट कार्यक्रम कार्यान्वयन गरेर क्षेत्रगत रुपमा विकास भइरहेको बताए ।
क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- पतञ्जली जग्गा प्रकरणः माधव नेपालविरुद्धको मुद्दामा साक्षी झिकाउन विशेष अदालतको आदेश
- एमाले अध्यक्ष पदका लागि ओली र पोखरेलको उम्मेदवारी दर्ता
- चीनद्वारा व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण
- सुडानमा संयुक्त राष्ट्र संघको शिविरमा आक्रमण
- इन्डोनेसियाले २०२६ पछि डिजेल आयात रोक्ने
- छ दशमलव ७४ अंकले उक्लियो शेयर बजार
- बीमा प्राधिकरणद्वारा सिराहा जिल्लामा रहेका बीमा कम्पनीका शाखा प्रमुखसँग छलफल
- सिद्धार्थ प्रिमियरद्वारा ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर सार्वजनिक
धेरैले पढेको
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- अख्तियार प्रमुख राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा महानिर्देशक अधिकारी पक्राउ
- एसईई परीक्षाको १४ वर्षे उमेरको ‘थ्रेस होल्ड’विरुद्ध अन्तरिम आदेश मुद्दालाई अग्राधिकार
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु



















तपाईको प्रतिक्रिया