छ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक
काठमाडौं,सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार चार सय ८१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीका कारण सन् २०२० देखि पर्यटक आवागमन घटेको थियो । सन् २०१९ को जनवरीदेखि जुनसम्म पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । यस्तै, सन् २०२० को सोही अवधिमा दुई लाख २० हजार आठ सय १५ जना, सन् २०२१ मा ५८ हजार ५८ जना र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने पर्यटकको संख्या गतवर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढेको छ । तर, सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो ।यस वर्षको जुनमा मात्रै ७२ हजार दुई सय ५० जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सात सय ७३ र मेमा ७७ हजार सात सय तीन विदेशी पर्यटक नेपाल आएका थिए ।
जुन महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट ३८ हजार आठ सय ४५ पर्यटक नेपाल भित्रिएका छन् । भारतपछि सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आठ हजार चार सय ७० जना नेपाल घुम्न आएका छन् । यसपछि चीनबाट चार हजार तीन सय ४३, बंगलादेशबाट दुई हजार चार सय दुई, यूकेबाट एक हजार नौ सय ९२, अष्ट्रेलियाबाट एक हजार छ सय ३९, मलेसियाबाट एक हजार ७९, दक्षिण कोरियाबाट आठ सय ८८, जापानबाट सात सय ६४ र भुटानबाट सात सय दुई जना पर्यटक नेपाल घुम्न आएका छन् ।
क्याटेगोरी : पर्यटन उधोग
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया