माओवादीले केन्द्रीय समितिको आकार बढाउने, प्रत्यक्ष प्रसारण नगर्ने
काठमाडौं,नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो ।
यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ । विधान संशोधनपछि मात्रै केन्द्रीय समितिमा नयाँ सदस्यले सहभागिता जनाउन पाउनेछन् । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले विधान संशोधन गरेर केन्द्रीय समिति विस्तार गरिने निर्णय भएको जानकारी दिए । अहिले माओवादीको केन्द्रीय समिति पाँच सय ८३ सदस्यीय छ । यसमा तीन सय ८५ पूर्ण र एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य छन् ।
विधान संशोधन गरेर महिला, दलित, युवा र पुराना नेता कार्यकर्तालाई केन्द्रीय समितिमा समेट्ने माओवादीको तयारी छ । “को–को ल्याउने भन्ने टुङ्गिएको छैन”, उनले भने । स्थायी समिति बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको थियो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अवस्थाका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।
अपराह्न १ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले सरकारको कामकारबाही, पार्टीको स्थिति तथा आगामी दिनमा के गर्ने भन्ने दृष्टिकोणसहितको प्रतिवेदन अध्यक्षले पेस गर्ने कार्यसूची तय भएको प्रवक्ता महराले जानकारी दिए।
“बैठकमा अध्यक्षबाट प्रतिवेदन पेस, वर्तमान राजनीतिक अवस्थाका बारेमा संक्षेपमा सम्बोधन गर्ने काम हुन्छ”, उनले भने, “त्यसपछि सबै केन्द्रीय सदस्यले बोल्ने क्रम सुरु हुन्छ ।” सकेसम्म छोटो समयमा आफ्ना धारणा राख्ने र सबैले धारणा राख्न सक्ने वातावरण निर्माण गरिने उनले बताए ।
बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने छ ।
माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण भने नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए । यसअघि पदाधिकारी बैठकले केन्द्रीय समितिको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो । रासस
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया