Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिटेलीकमको घिमिरे कांग्रेसको उपसभापति !

टेलीकमको घिमिरे कांग्रेसको उपसभापति !


काठमाडौं,सरकारी स्वामित्वको नेपाल टेलीकमको वहालवाला एकजना कर्मचारी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ७ (१) को निर्वाचित पदाधिकारी रहेको थाहा भएको छ । टेलीकमका कर्मचारी भविश्वर घिमिरे नेपाली कांग्रेस क्षेत्र नं ७ (१) को प्रदेश समितिको कार्य समितिमा उपसभापति रहेका छन् ।

अर्घाखाँची मूल घर भएका घिमिरेले नेपाल टेलिकमको स्थायी कर्मभारी हुँदाहुँदै जानीजानी गैरकानुनी रुपमा कांग्रेसको उपसभापति बनेका छन् । साथैउनले धान्याञ्चल सहकारी पनि संचालन गर्दै आएका छन् । कामनपा वडा नं १६ का मुकुन्द रिजालको सहयोगमा प्रदेश समितिको उपसभापति हुन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया