कोशी प्रदेशमा कांग्रेसका केदार कार्की नियुक्त
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि उनलाई प्रदेश प्रमुख परशुराम खापुङले आज(शनिबार) बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि मुख्यमन्त्रीमा कार्कीको बाटो खुलेको थियो । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक थियो, जुन बहुमत कार्कीले ल्याउन सफल भए । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । र, सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए ।
कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसदसमेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्री दाबी गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि उनको पक्ष सनाखतमै सहभागी भएन ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया