कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज(आइतबार) दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपाली कांग्रेसका कार्की शनिबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीसँगै नेकपा (एमाले)का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन् ।
उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ । राना नेकपा(एमाले) कोशी संसदीय दलका उपनेता हुन् । कांग्रेसका राईले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया