Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिएमाले त्यागेसँगै रौतहटकी रिनाकुमारीको मेयर पदमा पूर्णविराम

एमाले त्यागेसँगै रौतहटकी रिनाकुमारीको मेयर पदमा पूर्णविराम


काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा(एमाले)बाट रौतहटको मौलापुर नगरपालिकाको प्रमुख(मेयर)मा निर्वाचित भएकी रिनाकुमारी साह पदविहीन बन्न पुगेकी छन् । २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई मौलापुरको मेयर बनेकी साहले एमाले छाडेसँगै सो पदमा पूर्णविराम लागेको हो ।

तत्कालीन अवस्थामा एमालेमा रहेकी उनी पछि दल त्याग गरेर प्रभु साहको आम जनता पार्टी प्रवेश गरेकी छन् । उनी आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् । तत्कालीन नेकपा विभाजन भएपछि प्रभु साह माओवादी केन्द्रबाट एमालेमा गएका थिए । र, उनले २०७९ सालको आम निर्वाचनमा एमालेले मधेस प्रदेशमा गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै एमाले परित्याग गरेका थिए । पति साहसँगै मेयर रिनाकुमारीले पनि एमाले परित्याग गरेकी थिइन् ।

दल त्याग गरेको भन्दै एमालेले साहलाई कारबाही गर्दै नगर प्रमुखबाट पदमुक्त गर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना निकालेको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया