कोशीका मुख्यमन्त्रीलाई जसपाले विश्वासको मत दिने
मोरङ । जनता समाजवादी पार्टी(जसपा)ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । कोशी प्रदेश सभा सांसद निर्मला लिम्बुले आज(बुधबार) भइरहेको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताएकी हुन् ।
बैठकमा कार्की नेतृत्वको सरकारले प्रदेश नामाकरणको समस्या हल गर्छ भन्ने विश्वास रहेको भन्दै उनले तत्कालीन एमाले नेतृत्वको सरकारले आफू र आफ्नो पार्टीलाई दलीय हैसियत नदिइ कोशी नामाकरण गरेको दुखेसो पोखिन् । उनले विगतमा नेकपा (एमाले) नेतृत्वको सरकारले आफ्नो दलको कुरा नसुनेको पनि बताइन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् र ९३ सदस्यीय कोशी प्रदेश सभामा जसपाको एक जना मात्रै सांसद छ ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया