Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिगठबन्धनकै सरकार बनाइदिएकोमा एमाललेलाई धन्यवाद : राई नेकपा(एस)

गठबन्धनकै सरकार बनाइदिएकोमा एमाललेलाई धन्यवाद : राई नेकपा(एस)


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनभित्रबाटै सरकार बनाइदिएको भन्दै नेकपा (एमाले)लाई धन्यवाद दिएका छन् । उनले कोशीको मुख्यमन्त्रीलाई एमालेले दिएको समर्थनलाई धन्यवाद दिदैँ कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतको लागि सहयोग गरेको बताएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको प्रस्ताव पेश गरेपछि छलफलमा भाग लिएका राईले प्रदेश सभामा बोल्दै उनले भने, ‘कोशीमा गठबन्धन सरकार बनाउन सकस थियो । गठबन्धन सरकार बनाइदिएकोमा एमालेलाई धन्यवाद । अनेक बहाना गरेर बहुमतको सरकार टिक्न र चल्न नदिने ? ४७ जना बोकेर सरकार बनाउन लाग्नु कति नैतिक हो ?’

उनले मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै कुनै बहादुरी नगरेको टिप्पणीसमेत गरे । उनले भने, ‘यसरी मुख्यमन्त्री बन्ने प्रस्ताव हामीलाई पनि नआएको होइन तर चुनावी गठबन्धनको प्रतिबद्धताले मुख्यमन्त्री बन्न चाहेनौं । त्यसैले अहिले मुख्यमन्त्रीको कदम बहादुरी हो भन्न जरूरी छैन् ।’ उनले कार्कीलाई भन्दा पहिला आफूहरुलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव आएको बताए । तर, आफूहरुले गठबन्धनको भावनाअनुसार त्यसलाई स्वीकार नगरेको सुनाए ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समेत धेरै पटक यस्तो प्रस्ताव आएको उनले सुनाए । अहिले कांग्रेस सांसद कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्री बनेर कुनै बहादुरी नगरेको भन्दै राईले मुख्यमन्त्री कुनै बहादुरीको कुरा नभएको बताएका हुन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया