Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिपटकपटक विश्वासको मत माग्नुपर्ने परिस्थितिको अन्त्यका लागि कार्कीलाई समर्थन गरेका हौं : हिक्मत कार्की

पटकपटक विश्वासको मत माग्नुपर्ने परिस्थितिको अन्त्यका लागि कार्कीलाई समर्थन गरेका हौं : हिक्मत कार्की


मोरङ । नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले पटकपटक विश्वासको मत माग्नु पर्ने परिस्थितिको अन्त्यका लागि केदार कार्कीलाई समर्थन गरेको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उनले मुख्यमन्त्रीका लागि पटकपटक विश्वासको मत माग्नु परेकाले अब मत माग्नु नपरोस भनेर एमाले लागिपरेको बताएका हुन् ।

उनले नेता कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म केदार कार्कीको सरकारलाई समर्थन गर्ने बताएका छन् । आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् भन्ने चाहेको भन्दै उनले जबसम्म संघीयताको पक्षमा उभिने र मध्यावधिको विपक्षमा रहने अवस्था रहन्छ तबसम्म सरकारलाई समर्थन गरिरहने बताए । उनले भने, ‘अहिले पनि तपाईहरु सबै मिल्नुहुन्छ भने हामीलाई सरकार बाहिर बस्न कुनै आपत्ति छैन एमालेका कारण गठबन्धनलाई अप्ठ्यारो परेको हो भने म आग्रह गर्न चाहन्छु, गठबन्धन एक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् ।’ कसैलाई बाहिर नराखी प्रदेशलाई अगाडि बढाउन पनि एमाले तयार रहेको उनले बताए ।

उनले मध्यावधिको निर्वाचनमा कोशी प्रदेश छैन है भन्ने सन्देश दिने गरी सरकारलाई विश्वासको मत दिन राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई आग्रहसमेत गरे । साथै, उनले अहिले संविधान बनाउनेहरूले नै संविधानमाथि आक्रमक भएकाले संविधानको रक्षाको लागि पनि कार्कीलाई एमालेले साथ दिएको बताए । मुलुकमा सामाजिक सम्बन्ध खलल पुर्याउन खोजिएको भन्दै उनले त्यसका विरुद्ध दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया