कोशीका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाइबढी मत
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज(बुधबार) विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह समूहर र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइ भन्दाबढी मत प्राप्त गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत छ भने विपक्षमा ५ जनामात्रै रहे । राप्रपाका एक सांसद अनुपस्थित रहे । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी(जसपा)ले विश्वासको मत दिएका हुन् । जसमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।
कार्की गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । केही समय अघि प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूले मत नपाए कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो हुने भन्दै आफूले राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेको बताएका थिए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
- नेसनल लाइफको कोशीटप्पु भ्रमण कार्यक्रम
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया