Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिनेकपा एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने

नेकपा एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने


बिराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता नलिने निर्णय गरेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मुख्यमन्त्री केदार कार्कीले सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । प्रमुख सचेतक रेवतीरमण भण्डारीले सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको जानकारी दिए ।

एमाले प्रमुख सचेतक भण्डारीले सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने बताए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया