चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिँदैनौँ : अध्यक्ष नेपाल
कुङमिङ (चीन) । चिनियाँ सहयोग परियोजना बीआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष नेपालले समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकपालप्रति आफूहरु सचेत रहेको बताए ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी), दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुबीचको सम्बन्ध सहकार्य, आपसी समझदारीमा आधारित भएको भन्दै उनले चिनियाँ कम्युष्टि पार्टीले यी क्षेत्रका विभिन्न राजनीतिक दलसँग खुला संवाद, विचारको आदानप्रदान र क्षेत्रीय विश्वव्यापी मुद्दामा एकअर्कालाई सहयोग तथा प्रोत्साहनसहित सम्बन्ध स्थापना गर्ने कोसिस गरेको बताए ।
रचनात्मक छलफल र साझेदारी पहलहरुमा सम्बन्ध भएर सिपिसी तथा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुले क्षेत्रीय सद्भाव, आर्थिक समृद्धि र सांस्कृतिक आदान प्रदानमा योगदान दिने कोसिस गरिरहेको उनले उल्लेख गरे । उनले दक्षिण एसिसा र दक्षिण पूर्वी एसियाका राजनीतिक दलले सिपिसीसँग सम्बन्धलाई थप बलियो र दरिलो बनाएर समाज विकासका विभिन्न पक्षमा काम गर्नु आवश्यक रहेको बताए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया