Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअष्ट्रेलियाको राजदूत र राष्ट्रपति पौडेलबीच भेटवार्ता

अष्ट्रेलियाको राजदूत र राष्ट्रपति पौडेलबीच भेटवार्ता


काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले सो अवसरमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको जनाएको छ ।

राष्ट्रपति पौडेलले विश्व आर्थिक मञ्चमा अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया