आन्तरिक कलहले एमालेको सुर्खेत अधिवेशन स्थगित
सुर्खेत । आगामी फागुनको पहिलो हप्तामा हुने भनिएको एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीको आन्तरिक कलह बढ्दै गएपछि पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन ४, ५ र ६ गते तोकिएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।
जिल्ला अध्यक्ष अमृत बिसीले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा आन्तरिक गुटबन्दी मौलाउँदै गएको र आफूमाथि अपमानजनक व्यवहार भएकाले आगामी अधिवेशन स्थगित गरिएको बताएका छन् । आठौ जिल्ला अधिवेशनबाट आजसम्म आइपुग्दा पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको अध्यक्ष विसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरुलाई बन्धक बनाएर निर्णय गर्न थालियो ।’ अध्यक्ष बिसीले विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तर्घात गरिएको, अधिवेशनबाट बाहिरिएका जिम्मेवार नेताहरुलाई आग्रहपूर्ण तरिकाले बाहिर राखिएको र केही जिम्मेवारीमा रहेका नेताहरुले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गरेको आरोप समेत लगाएका छन् । उनले एमालेको प्रथम कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा थप असहजता भएको बताएका छन् ।
बिसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अभियान अन्तर्गत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलंघन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरुको ठोस निराकरण नगरी गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि हुँदैन ।’ उनले नवीकरणको समय हुँदाहुँदै दूरदराजका पार्टी सदस्यहरु नवीकरणबाट वञ्चित भएको, आठौं जिल्ला अधिवेशन पश्चात् आन्तरिक प्रतिस्पर्धालाई व्ययस्थित तथा वैज्ञानिक तवरले सञ्चालन गर्न नसकिएको बताएका छन् ।
उता पार्टी सचिव कविन्द्र कुमार केसीले भने आफूहरुलाई जानकारी नदिएर अध्यक्षले विज्ञप्ति जारी गरेको भन्दै अध्यक्षले कुनै छलफल बिनै स्थगित भएको अधिवेशनबारे आफूले फेसबुकबाट थाहा भएको बताए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया