Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसभापति देउवा र प्रधामन्त्री दाहालबीच भेटवार्ता

सभापति देउवा र प्रधामन्त्री दाहालबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आइतबार विहान भएको भेटवार्तामा उनीहरुबीच संसद बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए ।

भेटवार्तामा सहकारीको रकम अपचलनका सन्दर्भमा कांग्रेस नेताहरुले निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने लगायतका आफ्ना मुद्दाबारे जानकारी गराएका थिए । कांग्रेसका मागका सन्दर्भमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको र सो सम्बन्धमा कांग्रेसको सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल तथा निर्णय हुने नेता लेखकले बताए ।

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकारले आगामी जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ । त्यसअघि सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालले कांग्रेसका सभापति देउवासहितका नेताहरुसँग आइतबार छलफल गरेकोा हुन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया