Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिबैठकमा सहभागी हुन गृहमन्त्री लामिछाने विराटनगरमा

बैठकमा सहभागी हुन गृहमन्त्री लामिछाने विराटनगरमा


मोरङ । कोशी प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आइतबार विराटनगर आइपुगेका छन् ।

गृहमन्त्री लामिछाने सुरक्षा समितिको बैठक अगाडि राजस्व चुहावट रोकथामसम्बन्धी बैठकमा सहभागी भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रदेशस्तरीय सुरक्षा समितिको बैठक अपराह्न ३ बजे हुने जानकारी दिए । बैठकपछि सञ्चारकर्मीलाई बैठकको उद्देश्यबारे उनले जानकारी गराउने बताइएको छ ।

प्रजिअ भट्टराईले बैठकमा कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुखलगायत सहभागी हुने बताए ।

यसअघि, गृहमन्त्री लामिछनेले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले विपद् व्यवस्थापनको आवश्यक तयारी गरिरहेको जानकारी दिए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x