माओवादीले सरकार बनाएकै दिन भित्रिएको सुनले महरा जेलमा, रविको ‘करुणा’माथि पनि शंका

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जेल पुगेका छन् । संयोग कस्तो रह्यो भने पछिल्लोपटक माओवादीले जुन दिन सरकार बनाएको थियो त्यसैदिन भित्रिएको तस्करीको सुनले महरालाई अहिले जेलमा पुर्यायो ।
यसमा आर्का एकजना नेताको काम पनि शंकाको घेरामा परेको छ । यस्तै, काण्डहरुका फाइल खोल्ने भन्दै पछिल्लो निर्वाचनमा संसद्को चौथो हैसियत पाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला यही काण्डमा पहिलोपटक पक्राउ परेका महराप्रति राज्यको करुणा जागेको भन्दै छुटेका थिए । पछिल्लो समय अदालतले रविको त्यो करुणालाई पनि शंकाको घेरामा राखिदिएको छ ।
२०८० चैत ५ मा त्यसबेलाका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई छिमेकी देशतर्फ भाग्न लागेको भन्दै पक्राउ गरेका थिए । पछि उनैले हाजिरी जमानीमा छुटाएर भने– ‘विषयलाई अतिरञ्जित नबनाऔँ ।’
महरा छुटेका बारे उनले आ–आफ्नो सञ्जालमा पनि लेखेका थिए– ‘दैनिक ‘८/१० वटा औषधि सेवन गरिरहेको मान्छे, अदालतले पनि बिरामी हुनुभएको बताएको छ । राज्य निर्मम हुन सक्छ, तर करूणा भएन भने त्यो अन्याय हुन जान्छ । अवस्था हेरेर मानवीय संवेदना र राज्यको करूणाको प्रयोग गरिएको हो ।’
पूर्वसभामुख महरालाई पुर्पक्षको लागि थुनामा राख्न अदालतले जस्तो आदेश दियो त्यो हेर्दा रविले महरालाई ठूलो कसुरबाट मुक्ति दिएको नै देखिन्छ । महरा पक्राउ पर्दाको समयमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड थिए । प्रचण्डले उनलाई दोस्रोपटक उपप्रधान तथा गृहमन्त्री बनाएका हुन् । त्यस कारण पनि रविले आफूमाथि लागेको गुन तिरेको रुपमा लिइएको थियो उनको त्यो राजकीय करुणालाई ।
अदालतको आदेश
काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख महरालाई भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो । यो आदेशले बुझाउँछ उनलाई थुनामा राखिएन भने प्रमाणहरु नष्ट हुने खतरा हुन्छ ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई अहिले नै निर्दोष रहेको भन्न नमिल्ने बताउँदै थुनामा राख्न आदेश दिँदा भनेको छ–
‘यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहे भएको अवस्थाको विद्यमानता नदेखिई कसुरदार देखिने आधार भएको र उनलाई लागेको अभियोग समेतबाट थप प्रमाणहरू बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल महरालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई थुनामा राख्नु भनी स्थानीय कारागार कार्यालयमा पठाइदिने गरी यो थुनछेक आदेश गरी दिएको छ ।’
यो आदेश हुँदाका आधारहरुमा महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरूण पोखरेललाई फोन गरेको बयान, महराका छोराले गरेको बयान, अरूण पोखरेलले गरेको कागज समेत रहे जसका आधारमा महरालाई अहिले नै कसुरदार होइनन् भन्न नमिल्ने आदेशमा उल्लेख छ ।
उनीमाथि आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग गरिएको थियो ।
सरकार बनेकै दिन
महरा अहिले जेल गएको यो सुन २०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक लि हानसङले ल्याएका भेपमा फेलापरेको हो । त्यसमा नौ किलो सुन थियो । त्यो सुन विमानस्थलकै भन्सारबाट चोरी भएपछि मात्र सुन तस्करीबारे खुलेको थियो ।
यो सुन भित्रिएकै दिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पछिल्लो आमनिर्वाचनपछिको पहिलो सरकार गठन भएको थियो । जसमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान र गृहमन्त्री भएका थिए । प्रचण्डकै नेतृत्वमा सरकार चलिरहेको बेला यसको पोल खुलेको हो ।
सीआईबीले त्यसैबेला थालेको अनुसन्धानमा महराको सम्बन्ध तस्करीका मुख्य नाइके दाओजिन वाङसँग देखिएको थियो । तर उनीमाथि मुद्दा चलाइएन । संसद्मा यो सुन तस्करीसम्बन्धी काण्ड चर्किएर जाँचबुझ आयोगनै गठन गरिएको थियो । त्यसले महरालाई समेत मुद्दा चलाउनुपर्ने राय दिएको थियो । त्यसैका आधारमा सीआईबीले महरालाई २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ गर्यो । त्यसको पाँच दिनपछि प्रचण्डकै सरकारका तत्कालीन गृहमन्त्री लामिछानेले राज्यको पनि करुणा हुनुपर्छ भन्दै हाजिर जमानीमा छाडिदिएका थिए ।
महराको इन्कारी बयान मानिएन
पछि प्रहरीले यही प्रकरणमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा दायर गर्यो । त्यसमा उनले यस्तो बयान दिएका थिए–
‘म नेपाल सरकारको सञ्चारमन्त्री हुँदा चिनियाँ नागरिक दाओजिन वाङ फलफूल लिएर मलाई बधाई दिनका लागि म बस्ने गरेको घरमा आएकाले सोही बेला मैले निजलाई चिनेको हुँ । निजले मलाई आफू फलफूल व्यापारी हुँ भनी बताएको हुँदा मैले फलफूल व्यापारीको रुपमा मात्र निजलाई चिनेको हुँ । निज चिनियाँ नागरिकले गलैँचा, जडिबुटी, खाद्यान्न, विद्युतीय सामग्री आदिको व्यापार गर्ने गरेको बारेमा मलाई थाहा छैन । निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन ।
प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसँग मैले प्रयोग गर्ने मोबाइलमा एकपटक कुराकानी हुँदा सामान वैध हो कि अवैध हो, यदि वैध हो भने कानुनबमोजिम के गर्न मिल्छ गरी दिनुहोला मात्र भनेको हो । मेरो छोरा आउँछ, हेरिदिनु भनेको होइन । म राजनीतिक व्यक्ति भएकाले धेरै जनासँग भेटघाट तथा फोनमा कुराकानी हुने गरेको हुँदा सबै कुरा याद छैन ।
मितिः २०७९।९।१० गते विदेश (दुबई) बाट ल्याएको इलेक्ट्रिक सिगरेट (भेप) सात सय ३० थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले नियन्त्रणमा लिएकाले चिनियाँ नागरिक दावाजिन वाङले मलाई फोन गरी विदेशबाट ल्याएको इलेक्ट्रिक सिगरेट भन्सारमा रोकिएको छ, भनिदिनुपर्यो भनी बताएपछि थाहा भएको हो । निजले मलाई के–कुन मितिमा फोन गरे भन्ने कुरा यकिन छैन ।
मेरो भन्सार प्रमुख प्रशासक अरुण पोखरेलसँग कुरा हुँदा सामान वैध, अवैध के हो ? वैध हो भने कानुनबमोजिम के गर्न मिल्छ गरी दिनु मात्र भनेको हो । निजले कति कारणले मेरो छोरा आउँछ हेरी सहयोग गरिदिनु भनेको भनी खुलाए मलाई थाहा भएन । उक्त सुनको अवैध पैठारी (तस्करी) मा मेरो कुनै पनि संलग्नता छैन । मैले मेरो परिवारका सदस्यलाई कुनै राजनीतिक संरक्षण गरेको छैन । चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेटभित्र लुकाईछिपाई लिई आएको सुन अवैधरुपमा नेपाल भित्र्याउनका लागि मेरो कुनै लगानी छैन ।’
उल्लिखित बयानलाई अदालतले स्वीकार गरेन । प्रारम्भिक सुनुवाइमै अदालतले ‘यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहे भएको अवस्थाको विद्यमानता नदेखिई कसुरदार देखिने आधार भएको र उनलाई लागेको अभियोग समेतबाट थप प्रमाणहरू बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल महरालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई थुनामा राख्नू’ भनेर आदेश दिएको हो ।
क्याटेगोरी : राजनिति
ट्याग : #Page 1
ताजा अपडेट
- ऊर्जा क्षेत्रसँग सम्बन्धित पत्रकारका लागि अभिमुखीकरण
- ‘एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ’
- ‘तीन पटक विश्वविद्यालयको भिसीका लागि आवेदन माग गर्दा पनि परेन’
- राजस्व अनुसन्धान प्रमुख हाजिर नहुँदा अधिकृतको रजाइँ
- हस्तकला निर्यातमा बढोत्तरी
- खराब कर्जा झण्डै तीन खर्ब
- ब्याज आम्दानी गर्न राष्ट्र बैंकको साढे ६ अर्ब निक्षेप
- भ्रष्टाचार मुद्दा खेपिरहेकी श्रेष्ठ जेन–जी सरकारको मन्त्री
धेरैले पढेको
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- दुर्घटनामा परी कानुनमन्त्री सिन्हाका भाइ राजीव सिन्हाको मृत्यु
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- सर्वोच्चको पूर्णपाठ सार्वजनिक : उपत्यकाका ३ नदीमा ४० र अन्य खोला किनारबाट २० मिटरसम्म नक्सापास नहुने
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- अख्तियार प्रमुख राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा महानिर्देशक अधिकारी पक्राउ
- एसईई परीक्षाको १४ वर्षे उमेरको ‘थ्रेस होल्ड’विरुद्ध अन्तरिम आदेश मुद्दालाई अग्राधिकार
- वाइडबडी विमान खरिद काण्ड : भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- २२ सय ६३ मेगावाटका दुई आयोजनाका लागि कसरी जुट्छ झण्डै साढे छ खर्ब रुपैयाँ ?
- राष्ट्रिय परीक्षा बोर्डद्वारा १४ वर्षको उमेर हद हटाउन शिक्षा मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्न अस्वीकार
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु












तपाईको प्रतिक्रिया