रास्वपाको बागमती प्रदेश सभापतिमा लामिछाने निर्वाचित
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न निर्वाचनमा खसेको कुल २७९ मतमध्ये उनी १५४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी दिपक बिकले १२३ मत प्राप्त गरेका थिए भने २ मत बदर भएको थियो ।
आइतबारै राति सभापतिका आकांक्षी ४ जनाबीच पहिलो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।
यस्तै, प्रदेश समितिले रास्वपा मकवानपुरको संयोजकमा भरत पराजुली र सहसंयोजकमा प्रकाश गौतमलाई जिम्मेवारी दिएको छ ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया