एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको प्रशिक्षण सुरु
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ । यही फागुन ११ गतेसम्म सञ्चालन हुने सो प्रशिक्षणमा १३ जिल्लाबाट ५० नेता सहभागी छन्।
पार्टी उपाध्यक्ष तथा बागमती प्रदेश कमिटीका इन्चार्ज केदार न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यभारको विषयमा प्रशिक्षण दिए । उनले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएको एक सय ७५ वर्ष पूरा भएको अवसरमा त्यसको संक्षेपीकरण गरेका थिए ।
महासचिव डा. बेदुराम भुसालले समाजमा समानता र न्याय स्थापनामा गरी देश विकास तथा आर्थिक रुपान्तरणमा माक्र्सवादी दर्शनको वैज्ञानिकताबारे जानकारी दिए । पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले विभिन्न कालखण्डमा विकास भएका वर्ग, ती वर्गबीच भएका सङ्घर्ष र सामाजिक सवालबारे चर्चा गरेका थिए ।
प्रशिक्षणको अवधिमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्षद्वय राजेन्द्रप्रसाद पाण्डे र प्रमेश हमाल, पार्टी केन्द्रीय सचिवालय सदस्य घनश्याम भुसाललगायतले पार्टी पुनःगठनको औचित्य, नेपालको कम्युनिष्ट आन्दोलन विगत र वर्तमान, पार्टीको मार्गदर्शन सिद्धान्त र क्रान्तिको अबको बाटो, पार्टीको मार्गदर्शक सिद्धान्त तथा साङ्गठनिक सिद्धान्त, बागमती प्रदेशको साङ्गठनिक अवस्था र सङ्गठन निर्माणको आगामी कार्ययोजना, समाजवादी आन्दोलन र आजको विश्व व्यवस्था, पार्टी स्कुलबारे प्रशिक्षण दिने बताइएको छ ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले प्रशिक्षणको समापन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले राससलाई जानकारी दिइन् । पार्टीले यसअघि प्रदेश नं १ र सुदूरपश्चिममा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया