Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिकेपी ओलीसँग छ अझै कुनै अस्त्र बाँकी ?

केपी ओलीसँग छ अझै कुनै अस्त्र बाँकी ?


काठमाडौं,नेकपा एमाले लगायतको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहितको बैठक आयोजना गरे।

राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने अडान लिएका प्रचण्डले बैठकमा माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए।

नेता नेपाललाई राष्ट्रपति बनाउन सुरुमा एमालेले प्रस्ताव अघि सारेको बताइएको छ।
तर नेता ज्वालाका अनुसार जनता समाजवादी दल ९जसपा० समेत सहभागी चार दलको बैठकमा पुरानो गठबन्धन बिउँताउने सहमति भएको छ, “राष्ट्रपतिमा कुरा टुङ्गिएको छैन, जे होस् सँगसँगै जाने सहमति भयो।”

जसअनुसार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा समेतको पुरानो गठबन्धन बन्ने छ।

रामचन्द्र पौडेल राष्ट्रपतिरु
‘संसद्‌मा रहेको उपस्थितिका आधारमा शक्ति बाँडफाँट’ हुने बैठकमा सहभागी लोसपा नेता राजेन्द्र श्रेष्ठको विश्वास छ।

उनको भनाइले कांग्रेसलाई राष्ट्रपति दिने गरी सहमति हुने सङ्केत दिन्छ। कांग्रेस नेताहरूका अनुसार त्यसले औपचारिक रूप लिएमा शनिवार बस्ने बैठकले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने छ।

पौडेल

एमाले अध्यक्ष ओलीले नेता नेपाललाई राष्ट्रपतिमा अघि सार्न तयार रहेको खबरपछि एकीकृत समाजवादी पनि अग्रसर भएको हो।

अब उनलाई आलोपालो गर्दै एक वर्ष प्रधानमन्त्री बनाउन सकिने सहमति हुने विकल्पबारे पनि छलफल भइरहेको बताइन्छ।

तर नेता श्रेष्ठका भनाइमा त्यसबारे विस्तृत छलफल भइसकेको छैन। नेताहरूले हाललाई राष्ट्रपतिमै केन्द्रित भएको बताएका छन्।

एमाले अध्यक्ष ओलीसँग कुरा गर्नुअघि प्रचण्डले एमालेलाई मान्य हुने गरी कांग्रेस बाहेकको राष्ट्रपति बनाउन खोजेको सन्देश दिएका छन्।

एमालेलाई सरकारबाट धकेल्ने उद्देश्य?

तर नेपाललाई कांग्रेसले स्वीकार नगरेपछि अब प्रचण्डले एमालेको साथ खोज्ने प्रयास अन्तिमसम्म गर्ने ठानिएको छ।

माओवादी नेता हरिबोल गजुरेलका अनुसार यसअघिको भेटमै प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिएर आफूहरूबीच आलोपालो सरकार चलाउने प्रस्ताव राखिसकेका छन्।

पुरानो गठबन्धनको बैठकमा सरकारबारे आलोपालोको औपचारिक निर्णय नगरी प्रचण्डले एमालेका निम्ति त्यही विकल्प अन्तिमसम्म खुला राख्ने ठानिएको छ। त्यो स्वीकार गरेमा एमाले सरकारमा रहिरहने बाटो खुल्ने छ।

तर एमालेका निम्ति ‘प्रचण्डले सहमति तोड्दाको पीडा पचाएर राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न राजनीतिक र नैतिक अप्ठेरो पर्ने’ एक थरी ठान्छन्।

‘गृह मन्त्रालय नदिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार छाड्न बाध्य पारे जस्तै राष्ट्रपति नदिएर अपमानित गर्दै एमालेलाई पनि त्यही अवस्थामा धकेल्ने’ प्रधानमन्त्री प्रचण्डको उद्देश्य रहेको उनीहरूको विश्लेषण पाइन्छ।

एमालेको समर्थन लिएर अचानक प्रधानमन्त्री बनेका र राष्ट्रिय सहमतिको अडान लिएका प्रचण्डसमेत संलग्न बैठकबाट ‘पुरानो गठबन्धन बिउँताउने सहमति’ बाहिर आउनुले पनि त्यो विश्लेषणलाई थप बल दिएको देखिन्छ।

अब एमालेसँग विकल्प छ?

एमालेबाहेकका दलहरूबीच भइरहेका बैठकहरूका सम्बन्धमा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले वर्तमान सत्ता गठबन्धन टुट्न पनि सक्ने सम्भावना देखिएको टिप्पणी गरे।

तर राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाए पनि एमाले सरकारमा रहिरहन्छ वा रहँदैन भन्नेबारे कुनै छलफल नभएको बताए।

उनले भने, “भोलि (शनिवार) बस्ने बैठकले त्यसबारे निर्णय गर्न सक्छ।”

ओली

तस्बिर स्रोत,RSS

कांग्रेससँगको समीकरण बन्न नदिन राष्ट्रपतिमा नेता नेपाललाई अघि सार्ने एमाले अस्त्र करिब निष्प्रभावी बनेको देखिएको छ। अब पनि अर्को अस्त्र बाँकी छ?

कतिपयले एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपा बिउँताउने प्रस्ताव स्वीकार गरेमा बहसले फेरि नयाँ मोड लिन सक्ने ठानेका छन्।

कतिपय एमाले नेताहरू त्यसो गरेर भए पनि गठबन्धन जोगाउनु पर्ने पक्षमा देखिन्छन्। त्यो सम्भावना स्वयम् ओली र प्रचण्डको रुचिमा निर्भर हुने ठानिन्छ।

तर ओलीले पत्रकारहरूसँग भनेका छन्, “भोलि मनोनयन हुन्छ, एमालेको (उम्मेदवार) हुन्छ भन्ने त हामीले पुस १० गते नै टुङ्गो लगाएर बसेका छौँ। अरू घटनाक्रम थाहा छैन।” (बीबीसी)


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया