Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिपरराष्ट्रमन्त्रीको भ्रमण रोकिएपछि एमालेले बोलायो सचिवालय बैठक

परराष्ट्रमन्त्रीको भ्रमण रोकिएपछि एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि त्यस विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ ।

भ्रमणको अन्तिम तयारीमा रहेकी पौड्याललाई जेनेभा नजान आइतबार अपरान्ह नै प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिहरूको नेतृत्व गर्दै आइतबार साँझ मन्त्री पौड्याल जेनेभा जाने कार्यक्रम थियो ।

प्रधानमन्त्रीको निर्देशनमा मन्त्री पौडेलको भ्रमण अचानक रोकिएपछि एमालेले सरकारलाई हेर्ने दृष्टिकोणबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले सोमबार आकस्मिक केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् । यस्तै आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि निर्णय हुने बताइएको छ।

 


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया