आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ:प्रधानमन्त्री
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताएका छन् ।
उनले कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति निर्माण गर्ने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले प्रधानमन्त्री दाहाल र नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई भेट गरी यही फागुन १५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ मा सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको आयोजनामाथि भएको आक्रमणका बारेमा जानकारी गराएको थियो ।
राससका अनुसार कुल ३५ मेगावाट क्षमताको न्यासिमखोला जलविद्युत् आयोजनाको निर्माणस्थलमा एक आपराधिक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको साङ्घातिक आक्रमणमा संलग्नलाई कानूनी कारबाही गर्न इपानले माग गरेको थियो ।
विभिन्न बहानामा आयोजना प्रवर्द्धकलाई मानसिक र भौतिक भय, त्रास उत्पन्न गराएर अनुचित लाभ प्राप्त गर्न आयोजनास्थलमा आपराधिक गतिविधि शृङ्खलाबद्ध हुन थालेपछि इपानले प्रधानमन्त्रीलाई आज भेटेर यसबारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको सीता हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया