Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिलोसपाको बैठक बस्दै

लोसपाको बैठक बस्दै


काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले राससलाई जानकारी दिए ।

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने वा सत्तागठबन्धनका साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा पार्टी सरकारमा सहभागी हुने विषयमा पनि छलफल हुनेछ ।


क्याटेगोरी : राजनिति


तपाईको प्रतिक्रिया