Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसंसद समाचारप्रतिनिधि सभामा रहमानको निधनप्रति शोक प्रस्ताव पारित

प्रतिनिधि सभामा रहमानको निधनप्रति शोक प्रस्ताव पारित


काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

रहमानको शनिवार हृदयाघातका कारण निधन भएको थियो । समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन् । झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । रहमान जसपाकी केन्द्रीय सदस्यसमेत थिइन् । प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।


क्याटेगोरी : संसद समाचार

तपाईको प्रतिक्रिया