गाउँपालिका प्रवेश गर्नै शुल्क तिर्नुपर्ने !
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पालिका हुँदै अन्यत्र जाने आन्तरिक तथा बाह्य पर्यटकसँग शुल्क असुली गर्न थालेको छ । गाउँपालिकाले सो पालिका प्रवेश गरेकै भरमा एक सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क असुली गर्न थालेको हो ।
गत शुक्रबारबाट शुल्क उठाउन थालेको गाउँपालिकाले पहिलो दिन नै २८ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गाउँपालिकाले आन्तरिक पर्यटकसँग जनही एक सय रुपैयाँ र बाह्य पर्यटकसँग पाँच सय रुपैयाँ शुल्क लिन थालेको छ । पहिलो दिन आन्तरिक पर्यटकबाट १५ हजार सात सय रुपैयाँ र बाह्य पर्यटकबाट १२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । उनका सो दिन गाउँपालिका हुँदै एक सय ५७ जना आन्तरिक र २५ जना बाह्य पर्यटक मर्दी हिमाल गएका थिए । गाउँपालिकाले गत साता पदमार्गमा पूर्वाधार निर्माण, व्यवस्थापन, सूचना केन्द्र स्थापना, सौर्यबत्ती जडानका साथै फोहोरमैला व्यवस्थापन गर्न भन्दै पर्यटकसँग शुल्क लिने निर्णय गरेको थियो । पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ को दफा ७ अनुसार पर्यटकसँग शुल्क लिइएको वडा नं. ८ का अध्यक्ष राम गुरुङले जानकारी दिए । उनका अनुसार गाउँ सभाबाट पारित आर्थिक ऐनले पदमार्गमा शुल्क उठाउने व्यवस्था गरेको छ ।
यता पर्यटन व्यवसायीहरू भने गाउँपालिकाको शुल्क उठाउने निर्णयको विरोधमा उत्रेका छन् । उनीहरूले गाउँपालिकालाई शुल्क नतिर्न पनि पर्यटकलाई आग्रह गरेका छन् । गाउँपालिकाको सो निर्णयले मर्दी पदमार्गका पर्यटकलाई असर गर्ने मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर गुरुङको भनाइ छ । कोरोनापछि भर्खरै चलायमान हुन लागेको पर्यटन व्यवसायमा पालिकाको यो निर्णयले असर गर्ने मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले बताए । गाउँपालिकाको यो निर्णयले भर्खरै बामे सर्दै गरेको पर्यटनलाई असर गर्ने उनको जिकिर छ ।
विदेशी पर्यटक थप मारमा : विदेशी पर्यटकसँग पदयात्रा सूचना प्रणाली, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले संयुक्तरूपमा प्रवेश शुल्क लिँदै आएका छन् । यी संस्थाले सार्क राष्ट्रका पर्यटकलाई एक हजार र बाहिरकालाई दुई हजार शुल्क लिँदै आएका छन् । शुल्क नै शुल्क तिरिरहेका पर्यटकसँग पालिकाले पनि शुल्क उठाउन थालेपछि थप मार परेको जानकारहरू बताउँछन् । माछापुच्छ्रे गाउँपालिकामा मर्दी हिमाल ट्रेकिङ रुट, माछापुच्छ्रे मोडेल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेल (खुमाईं–कोर्चों डाँडा), घलेखर्क ताराहिल ट्रेक सञ्चालनमा छन् ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, प्रदेश समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया