Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकेहीबेरको वर्षाले बागमती प्रदेशसभा सचिवालय जलमग्न

केहीबेरको वर्षाले बागमती प्रदेशसभा सचिवालय जलमग्न


हेटौँडा । बागमती प्रदेशसभा सचिवालय दिउँसो करिब १ बजेदेखि केहीबेर परेको वर्षाको कारण जलमग्न भएको छ । वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालयको परिसरमा पानी जम्दा जलमग्न भएको हो ।

दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक परिसरमा पानी जमेपछि प्रदेशसभा बैठक समेत प्रभावित हुन पुगेको थियो । प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत गर्नेछन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x