Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशदुई वर्षमा कर्णालीमा एक सय १७ किलोमिटर सडक कालोपत्र

दुई वर्षमा कर्णालीमा एक सय १७ किलोमिटर सडक कालोपत्र


सुर्खेत । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र एक सय १७ दशमलव १३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । सरकारले गत आव र र चालू आवको जेठसम्ममा सडक कालोपत्र गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

गत आवमा सरकारले ७८ दशमलव ९५ किमी र चालू आवको जेठ १५ गतेसम्म ३८ दशमलव १८ किमी कालोपत्र गरेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिए । उनका अनुसार २३ महिनाको अवधिमा सरकारले चार सय ८१ दशमलव ७५ किमी सडक ग्राभेल÷खण्डस्मित गरेको छ । चालू आवको हालसम्म ४७ दशमलव ७४ किमी ग्राभेल÷खण्डस्मित, ५७ दशमलव १२ किमी स्तरोन्नति र नाला निर्माण, दुई सय पाँच दशमलव ३७ किमी कच्ची कटान गरी सडक बनाइएको कार्कीले बताए । गत आवमा दुई सय १६ दशमलव २८ किमी स्तरोन्नति र नाला निर्माण तथा २४ सय २४ दशमलव ११ किमी कच्ची कटान गरेर सडक बनाएको थियो । उनका अनुसार विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगरका अधिकांश सडक कालोपत्र भइसकेका छन् ।

प्रदेश सरकारबाट काम भइरहेका दर्जनौँ सडक कालोपत्र भएसँगै राजधानीको पूर्वाधारको अवस्थामा निकै सुधार आएको कार्कीले बताए । उनका अनुसार सुर्खेतपछि दैलेख, रुकुम पश्चिम र सल्यानमा कालोपत्र भएको छ । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षमा ५५ वटा झोलुङ्गे पुल निर्माण गरिएको थियो । चालू आवको हालसम्म १६ वटा निर्माण भइसकेका छन् । तीस वटा सडक पुल, ११ सार्वजनिक भवन, जनता आवास कार्यक्रममार्फत सङ्घ सरकारको बजेटबाट दुई हजार पाँच सय १५ घर निर्माण भएका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी कार्कीले जानकारी दिए । उनका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट हालसम्म तीन सय ४८ घर निर्माण भएका छन् । विपन्नको घर कार्यक्रममार्फत दुई सय ९१ घर निर्माण भएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x