Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशबेँसीसहर–चामे सडक पहिरोका कारण अवरुद्ध

बेँसीसहर–चामे सडक पहिरोका कारण अवरुद्ध


लमजुङ । बेँसीसहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जनाएको छ ।

खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले बताए । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन पनि रोकिएको छ ।

बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यो सडक हरेक वर्ष वर्षायाममा पहिरोले अवरुद्ध हुने गरेको छ । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x